काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गत महिला आयोग गठन भएको छ । ज्योति राणाको अध्यक्षतमा बुधबार ११ सदस्यीय कमिटी गठन गरेको एनओसीले जनाएको छ ।
Advertisement
कमिसनको अन्य सदस्यमा बिमला पौडेल, हेल्गा राणा रायमाझी, नन्दा बस्याल, प्रमिला सिंह श्रेष्ठ, प्रतिमा शाह, रेणुका सिटौला, सुधा शाक्य, सुनकेशरी माली, पेमा लामा डोल्मा र गीता श्रेष्ठ छन् । अध्यक्ष राणाले दोस्रो कार्यकाल पनि कमिसनको नेतृत्व गर्न लागेकी हुन्।
वुमन्स कमिसनले महिला खेलाडीको हक हितका लागि आवाज उठाउने तथा महिला खेलाडीप्रति हुने यौन दुर्व्यवहार र छाउ प्रथाबारे आफूहरुले जनचेतनामूलक कार्यक्रम गर्ने अध्यक्ष राणाले बताइन् ।