काठमाडौँ । भक्तपुरमा अखिल नेपाल राष्ट्रिय खेलकुद महासङ्घको सम्पर्क समिति गठन भएको छ ।
Advertisement
२०७७ मङ्सिर १७ गते आयोजित एक भेलामाझ सो समिति गठन भएको हो ।
सम्पर्क समितिको अध्यक्षमा आशा श्रेष्ठ रहनुभएको छ भने सदस्यहरूमा रगुन श्रेष्ठ, जोश्ना भुजेल, विकेश श्रेष्ठ र गौतम नकर्मी रहनुभएको छ ।
कार्यक्रममा वामपन्थी नेता भैरवराज रेग्मी, केन्द्रीय कोषाध्यक्ष कुशल बुढामगर, राष्ट्रिय जनमोर्चा भक्तपुरका अध्यक्ष शिवहरि खनाल, तेक्वान्डो खेलाडी अर्जुन तामाङको विशेष उपस्थिति रहेको थियो ।
जिल्ला सम्पर्क समितिका संयोजक आशा श्रेष्ठ तेक्वान्डोका राष्ट्रियस्तरको महिला खेलाडी हुनुहुन्छ ।
अखिल नेपाल राष्ट्रिय खेलकुद महासङ्घको सो सम्पर्क समिति देशव्यापी सङ्गठनात्मक अभियानअन्तर्गत गठन भएको हो ।