मेघराज रिश्मेली
जापान । जापानको खानागावा प्रान्तको योकोहमा बस्दै आएका गुल्मी चन्द्रकोटका यादवप्रसाद अर्यालको निधन भएको छ ।
Advertisement
विगत १० वर्षभन्दा बढी समयदेखि जापान रहँदै आएका अर्यालको हिजो राति उपचारको क्रममा अस्पतालमै निधन भएको हो ।
कुक भिसामा रहेका अर्याल बिरामी भई उपचाररत थिए ।
अर्याल जापानमा श्रीमती र दुई छोरासँगै बस्दै आएका थिए ।उनको आउँदो शनिबार बिहान १० बजे जापानमै दाहसंस्कार गरिने बताइएको छ ।
यो वर्ष जापानमा नेपालीहरूको मृत्युका घटना साविकभन्दा अधिक देखिएको छ ।