• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

संसारभरिका नेपाली एकता समाजद्वारा राष्ट्रिय जनमोर्चाको विरोधसभाप्रति ऐक्यबद्धता


  •   आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित
  • काठमाडौँ । सङ्घीयताको खारेजी, कोरोना सङ्क्रमितको निःशुल्क परीक्षण तथा उपचार, अतिक्रमित भूमि फिर्ता, एमसिसी खारेजीलगायतका विषयमा राष्ट्रिय जनमोर्चाले यही मङ्सिर १४ गते देशव्यापी विरोधसभा सम्पन्न गरिरहेका बेला विदेशस्थित नेपालीहरूको प्रतिनिधि सङ्गठन नेपाली एकता समाजले एक्यबद्धता जाहेर गरेका छन् ।

    Advertisement

    विभिन्न देशका नेपाली एकता समाजहरूले आजै प्रेसवक्तव्य जारी गर्दै एक्यबद्धता जनाएका हुन् ।

    यस सन्दर्भमा कुवेत नेपाली एकता समाजका अध्यक्ष निम बुढामगर र महासचिव खुम रायमाझीको हस्ताक्षरमा जारी प्रेसवक्तव्य यस्तो छ–

    “१. देश कोरोना महामारीबाट आक्रान्त छ । कोरोनाका कारण प्रत्येक दिनजसो दुई दर्जनको हाराहारीमा मृत्यु हुन थालेको छ । सङ्क्रमण बढिरहेका बेला नेपाल सरकारले भने पिसिआर परीक्षण घटाउँदै लगिरहेको छस अस्पतालमा आइसोलेसन बेड छैनन्स आवश्यकतानुसार आइसियू र भेन्टिलेटर छैनन् । सरकारले कोरोना सङ्क्रमितलाई होम आइसोलेसनमा बस्न भनिरहेको छ तर होम आइसोलेसनमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न नसकिने प्रष्टै छ । केही समयअघि खर्चको कारण देखाउँदै सरकार कोरोनाको निःशुल्क परीक्षण र उपचारको दायित्वबाट पन्छिने प्रयासमा थियो । सर्वोच्च अदालतको आदेशका कारण सरकार आफ्नो पूर्व निर्णयबाट पछि हट्न बाध्य भएको छ ।

    २. नेपालका लागि सङ्घीयता उपयुक्त व्यवस्था होइन । भौगोलिक रूपमा सानो आकारको कुनै एक जातिको घना बसोबास नरहेर मिश्रित बसोबास रहेको, आर्थिक रूपमा पिछडिएको र देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि भारतीय साम्राज्यवादद्वारा आक्रमण भइरहेको देशका लागि सङ्घीय प्रणाली उपयुक्त थिएन ।

    ३. राष्ट्रिय जनमोर्चाको नेतृत्वमा संसदभित्र र बाहिर लगातार सङ्घर्ष गरिनुका बाबजुद देशमा सङ्घीयता लागु भएको छ । २०७४ सालमा चुनाव भएर सङ्घीयतानुसारको प्रादेशिक संरचना गठन हुनुका साथै देशमा आन्तरिक विग्रह र आर्थिक असन्तुलन बढेर गएका छन् । अझैसम्म पनि १ र २ नम्बर प्रदेशले प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन सकेका छैनन् । राजधानी टुङ्गो लगाएको प्रदेशमा पनि जनताको माझमा विग्रहपूर्ण भावना बढेर गएको छ । सङ्घीयता धान्नका लागि जनतामाथि करको बोझ लादिएको छ भने विकास निर्माणका खर्च कटौती गरिएका छन् ।

    ४. अहिले कोरोना महामारीको नियन्त्रणका लागि खर्च कटौती गरी स्थानीय निकायलाई सक्रिय बनाउनुपर्नेमा सङ्घीयताले अनावश्यक खर्चको बोझ बढाइरहेको छ । त्यसले गर्दा राज्यले संविधानमा व्यवस्था गरेअनुसारको निःशुल्क स्वास्थ्यको जिम्मेवारी पूरा गर्न सकिरहेको छैन ।

    ५. कोरोनाका कारण देशमा देखा परेको तात्कालिक सङ्कट तथा आन्तरिक विग्रह, आर्थिक असन्तुलन, विकास निर्माण खर्चमा कटौती, जनतामाथिको करको बोझ, बढ्दो महङ्गी, भ्रष्टाचारको सन्दर्भमा सङ्घीयताबाट हाम्रो देशमा प्रतिकूल परिस्थिति निर्माण हुँदै गइरहेको छ । यो अवस्थामा देश असफल राष्ट्र बन्ने मात्र होइन, देश नै विश्व मानचित्रमा समाप्त हुने खतरा देखा परिरहेको छ,त्यसकारण सङ्घीयतालाई तत्कालै खारेज गर्नुपर्दछ र त्यसको स्थानमा प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक शासक कायम गरिनुपर्दछ ।

    ६. कोरोनाको महामारीमा हजारौँ प्रवासी नेपालीहरूले रोजगार गुमाएका थिए । उनीहरूको उद्दारका लागि सरकारले टिकटभाडा निश्चित गरेर तोके पनि त्यसलाई लागु गर्न पूर्ण रूपमा असफल भएको कुरा सर्वविदितै छ, जसको प्रत्यक्ष मार विदेशमा रोजगार गुमाएका र अशक्त नागरिकहरूले भोग्नुपर्यो, हाम्रो सङ्गठनले पटक–पटक वक्तव्यद्वारा ध्यानाकर्षण गराउँदा पनि सरकार भने नागरिकप्रति उत्तरदायी देखिएन र, अझै कैयौँ प्रवासी नेपालीहरू खाडीलगायतका देशमा अलपत्र परिरहेका छन् ।

    ७. नेपालको मुख्य आयश्रोत रेमिट्यान्स नै हो, जसक लागि ४० लाखभन्दा बढी नेपाली नागरिक विदेशमा कार्यरत रहेका छन् । तर ती नागरिकहरू नै मतदान गर्नबाट वञ्चित रहेका छन् । उनीहरूलाई सम्बन्धित देशको कूटनितिक निकायबाट नै मतदान गर्ने व्यवस्था मिलाइनुपर्छ भनेर हामीले पटक–पटक माग गर्दै आएका छौँ । यस मागप्रति हाम्रो सङ्गठन अडिग रहेको छ । फेरि पनि नेपाल सरकारलाई गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौँ ।

    ८. वर्तमान अवस्थामा कोरोना महामारीको सन्दर्भमा सरकारले सङ्क्रमितको निःशुल्क परीक्षण र उपचार, स्वास्थ्यक्षेत्रमा देखा परेका भ्रष्टाचारको छानबिन र सङ्घीयताको खारेजीको विषयलाई लिएर राष्ट्रिय जनमोर्चाले २०७७ मङ्सिर १४ गते देशव्यापी विरोधसभा आयोजना गरेको छ । उक्त विरोध कार्यक्रमप्रति हामी प्रवासस्थित नेपालीहरूको प्रतिनिधि सङ्गठनको तर्फबाट ऐक्यबद्धता प्रकट गर्दछौँ ।”

    त्यस्तै, युरोप नेपाली एकता समाजका अध्यक्ष तोयनाथ कँडेलले पनि प्रेसवक्तव्य जारी गर्दै कार्यक्रमप्रति एक्यबद्धता प्रकट गर्नुभएको छ ।

    एवम् प्रकारले कतार, जापान, युएई, सउदी अरब, ओमन, बहराइन, मलेसिया, कोरिया, बेल्जियम, पोर्चुगल, बेलायत, फ्रान्स, स्पेन र हङकङका नेपाली एकता समाजले पनि प्रेसवक्तव्यमार्फत राजमोको विरोधसभाप्रति एक्यबद्धता प्रकट गरेका छन् ।

    त्यसैगरी, भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले एक्यबद्धतास्वरूपमा विभिन्न स्थानमा कार्यक्रम सम्पन्न भइसकेका छन् ।

    आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    वार्षिक एरिया सम्मेलन सम्पन्न
    बठिन्डामा मूल प्रवाहको तिजी कार्यक्रम तथा श्रद्धाञ्जली सभा
    राजपुरामा तिजी कार्यक्रमसँगै कार्यकर्ता सम्मान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.