स्वदेशमा सतरंगी टीका र मखमली फूल ओइलाएर हात खाली राख्ने चेलीहरु र परदेशमा निधार खाली राख्दै जागिरमा पस्नुपर्ने पीडा बोकेका लाखौंको मर्म शब्दमा पोख्न गाह्रो छ ।
त्यसो त वर्षौदेखि करिब करिब यस्तै पीडा, वेदना र मर्म सहितको दर्द परदेशीहरुको जीवनमा जोडिइरहने गरेको छ तर यसपटक भने कोरोनाको कारणले अझ स्थिती असहज वनेको सर्वविदितै छ ।
अर्ध सामन्ती र अर्धऔपनिवेशिक व्यवस्थाको कारण लाखौंलाख नेपालीहरु घर छोडेर परदेश पस्नुपर्ने बाध्यता आउँछ, तब झन् झन् पीडा र असहजता हुने गर्दछ । त्यो पीडा एउटै आमाका सन्तानहरु (दाजुभाइ दिदीवहिनी) तिहारको समयमा अलग अलग हुनुपर्दा अझ बढी हुने गर्दछ ।
वैदेशिक रोजगारमा रहेकाहरुलाई यसपटक पारिवारिक रुपमा दसैँ तिहार मनाउन कोरोनाको कारण असजिलो भएपनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्त्ताहरुले भारतव्यापी प्रत्यक्ष देउसीभैलो, सन्देश कार्यक्रम, प्रशिक्षण, शुभकामना आदान प्रदान तथा विविध समूहगत कार्यक्रम गरेर कोरोनाको डर र त्रासवाट भयमुक्त बनाउदै आत्मवल बलियो बनाउन सिकाएको छ ।

भारतका विभिन्न ठाउँमा तिहार मनाउँदै मूल प्रवाहका कार्यकर्ता
जबकी संगठित व्यक्तीहरुको तुलनामा असंगठित व्यक्तीहरुका धेरैजसोको तिहार गतवर्षहरु भन्दा धेरै भिन्न, अली बढी कष्टकर रहेका छन्।
जे होस् कोरोनाकालमा पनि मूल प्रवाहका कार्यकर्ताहरुले भारत सरकारको कोरोना गाइड लाइन्सलाई पालना गर्दै आम नेपालीहरुको घरदैलोमा पुगी सचेत र संगठित गर्ने प्रयास गरेको छ ।
भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले विकट परिस्थितिहरुमा पनि जनताको घरदैलोमा उनीहरुकै सुखदुःखमा समाहित रहने गरेको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै यसवर्षको तिहार पनि भिन्न रुपमा मनाएका छन् ।
हुन त परदेश पसेका नेपालीहरुको सबै विषम परिस्थिति विरुद्ध संर्घष गरी खुशीपूर्वक बाँच्न, हाँस्न र नाच्न मूल प्रवाहले नै सिकाएको हुँदा परदेशी नेपालीहरु तिहारमा पनि प्रदेशबाटै आफूलाई परेको असहज थाती राखेर रमाउन दह्रो मुटु राख्ने सकारात्मक सन्देश दिइरहेको छ ।

