• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

किसान संघर्षलाई अब गाउँ केन्द्रित गर्छौं : अध्यक्ष रेग्मी


  •   शुक्रबार, कार्तिक २८, २०७७ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मीले अब किसान संघर्षलाई अब गाउँ केन्द्रित बनाउने बताउनु भएको छ ।

    Advertisement

    देशभरका जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहमार्फत बिहीबार सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको किसान महासंघले अब ग्रामिण संघर्षलाई अघि बढाउने तयारी गरेको अध्यक्ष रेग्मीले बताउनुभयो । महासंघले एकल तथा चार किसान संगठनहरुको संयुक्त पहलमा आन्दोलन थाल्ने अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

    ‘हामीले देशभरबाट सरकारको ध्यानाकर्षण गराएका छौं । अब सरकारले कस्तो प्रतिक्रिया दिन्छ, केही समय हेर्छौं’ रेग्मीले युगदर्शनसँग भन्नुभयो, ‘त्यसपछि गाउँ–नगर क्षेत्रलाई केन्द्रित गरी किसानका मुद्दा उठाउँछौं । चार किसान संगठनको संयुक्त पहलमा पनि आन्दोलन अघि बढ्छ ।’

    अखिल नेपाल किसान महासंघले विभिन्न चार वामपन्थी किसान संगठनहरुसँग मिलेर किसानका समस्या उठाउँदै आएको छ । त्यसबाहेक एकल रुपमा पनि महासंघको आन्दोलन जारी छ ।
    सोही सन्दर्भमा महासंघले बिहीबार देशभरका जिल्ला प्रशासन कार्यालयहरु तथा कयौं स्थानमा स्थानीय तहमार्फत समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

    महासंघले तत्काललाई गहुँको बिउ र मलको उचित प्रबन्ध गर्नुपर्ने, सिंचाइ तथा विद्युतको ब्यवस्थापन गर्नुपर्ने लगायतका माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएको हो ।

    ज्ञापनपत्रमा गहुँ लगाउनुभन्दा पहिले मल र बिउको आपुर्ति गर्नुपर्ने, सिंचाइ तथा सिंचाइलाई चाहिने विद्युत महशुल शतप्रतिशत अनुदानको ब्यवस्था गर्नुपर्ने, धानको समर्थन मुल्य तत्काल लागू गर्नुपर्ने, भ्रष्टाचार र महंगी नियन्त्रण गर्नुपर्ने, कोरोना भाइरस संक्रमितको उपचार निशुल्क गर्न अदालतले गरेको निर्देशन कार्यान्वयनमा ल्याउनपर्ने, कोभिड १९ का कारण समस्यामा परेका किसानलाई उचित राहत तथा पूर्नःस्थापना गर्नुपर्ने, कृषि उत्पादनमा भइरहेको बिचौलिया प्रणाली बन्द हुनुपर्ने, किसानको उत्पादनलाई राज्यले नै किन्ने ब्यवस्था गर्नुपर्ने लगायतका माग समेटिएको छ ।

    बिहीबार अध्यक्ष रेग्मीको नेतृत्वमा चितवन जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएको थियो । अध्यक्ष रेग्मीको नेतृत्वमा राजमो केन्द्रीय सचिव डम्बर पुरी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता मेगराज ढकाल, अन्तर्रास्ट्रिय नेपाली एकता समाज केन्द्रीय सदस्य कृष्ण केसी लगायतका नेताहरु जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो ।

    शुक्रबार, कार्तिक २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.