• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

नेपालमा अफ्रिकी फुटबल खेलाडीहरूको विचल्ली


  •   शनिबार, कार्तिक ०८, २०७७ मा प्रकाशित
  • काठमाडौं । व्यावसायिक फुटबल खेल्न नेपाल आएका अफ्रिकी मुलुकका खेलाडीहरू विगत ८ महिना भन्दा लामो समय फुटबल खेल्न नपाएपछि चरम आर्थिक अभावमा परेका छन्।

    Advertisement

    स्वयम्भू डेरा गरी बस्ने अफ्रिकी देश आइभोरी कोस्टका खेलाडी फ्लोरेन्ट कोरा गतहप्ता राष्ट्रिय खेलकुद परिषदको प्राङ्गणमा निकै व्यस्त थिए।

    एन्फा एकेडेमीको पहिलो ब्याचका खेलाडीहरूले आर्थिक समस्यामा परेका खेलाडीहरूलाई नगद सहयोग गर्ने भएपछि उनी अफ्रिकी खेलाडीहरूलाई त्रिपुरेश्वर बोलाउँदै थिए।

    त्यहाँ झन्डै ३ दर्जन खेलाडी जम्मा भए। तिनीहरू अफ्रिकी देशहरू नाइजेरिया, क्यामरुन, इजिप्ट, मोजाम्विक र तान्जिनियाका खेलाडी हुन्।

    नगद सहयोग पाएपछि उनीहरू ुखेलाडीहरूको मर्म आखिर खेलाडीहरूले नै बुझेु भन्दै निकै खुशी देखिए।

    एन्फा एकेडेमीको पहिलो ब्याचका एकजना सदस्य मानसजन राजभण्डारीले भने, ‘नेपाली खेलाडीहरू विदेशमा अलपत्र पर्दा कस्तो हुन्छ, उनीहरूको अवस्था पनि अहिले उस्तै त हो नि। त्यही भावना हामीमा आएकोले सहयोग गर्न अघि सरेका हौँ ।’

    लकडाउन प्रभाव
    कोरोनाभाइरस सङ्क्रमणको खतरालाई ध्यान दिएर सरकारले गत चैतमा जब लकडाउन शुरू गर्‍यो, त्यही बेलादेखि नेपालमा बस्दै आएका अफ्रिकी खेलाडीहरू समस्यामा परेका हुन्।

    त्यतिबेला अफ्रिकी खेलाडीहरू देशका विभिन्न स्थानमा हुने नकआउट प्रतियोगिता खेल्नमा व्यस्त थिए।
    त्यो नेपाली फुटबल क्यालेन्डरमा क्लबहरू जिल्लातिर डुल्दै विभिन्न गोल्डकप प्रतियोगिताहरू खेल्ने मुख्य समय थियो।

    तर एकाएक फुटबल गतिविधि ठप्प भयो र उनीहरूले नसोचेको परिस्थिति उत्पन्न हुन गयो।

    अन्तर्राष्ट्रिय उडान बन्द भएकोले उनीहरू देश फर्किन सक्ने कुरै भएन। काठमाण्डूमा उनीहरूको जीवन बन्दी जस्तै हुनपुग्यो।

    आम्दानीको स्रोत बन्द भयो र लकडाउनको समय लम्बिँदै गएपछि उनीहरूमा आर्थिक अभाव बढ्न थालेको हो।

    खेलाडीहरूका अनुसार उनीहरूले महिनौँ देखिको डेरा भाडा तिरेका छैनन्। खानकै समस्या छ। अनि कतिपयले क्लबले पूरा तलब नदिएको गुनासो गरिरहेका छन्।

    आइभोरी कोस्टका कोरा भन्छन्, ‘क्लबले टिकट दिएपछि हामी आफ्नै देशमा फर्किन्छौँ। तर दिएको छैन। हामी आफै किन्न सक्दैनौँ। अब के गर्ने ?’

    नेपालमा अफ्रिकी खेलाडी
    नेपाली क्लब फुटबलमा २०५७ सालयता विदेशी खेलाडीहरू अनुबन्ध गर्ने प्रचलन वढेको हो। र त्यसमा अफ्रिकी खेलाडीहरूकै बाहुल्यता रहँदै आएको छ। शुरूमा फाट्टफुट्ट आएका खेलाडीले नेपाली लीग फुटबलमा राम्रै प्रभाव छाडेका छन्।

    त्यही प्रभावले विस्तारै अफ्रिकी खेलाडीहरूको सङ्ख्या थपिँदै गएको देखिन्छ।

    अहिले विभागीय टोलीबाहेक नेपालका ‘ए’ डिभिजन क्लबहरूमा अधिकाँश अफ्रिकी मुलुककै खेलाडीहरू प्रायशः मुख्य भूमिकामा देखिन्छन्।

    त्यसको कारण के ? राष्ट्रिय टोलीका पूर्व खेलाडी तथा नेपाली सेनाका प्रशिक्षक नवीन न्यौपाने भन्छन्, ‘युरोपेली वा दक्षिण अमेरिकी खेलाडीहरूको तुलनामा अफ्रिकी खेलाडीहरूको भाउ सस्तो छ। अनि नेपाली फुटबलको स्तरमा उनीहरू फिट पनि छन्। अर्को कुरा त्यहाँका खेलाडीहरूसँग सम्पर्क सजिलो पनि भइसकेको छ।’

    अनि अफ्रिकी खेलाडीहरूले नेपाल मन पराउनुको कारण चाहिँ ? न्यौपाने भन्छन्अ, ‘ति राम्रा अफ्रिकीहरू त युरोपतिर लागिहाल्छन्। यहाँ आउने खेलाडीहरू हाम्रै स्तर सरहका छन्। अनि नेपालमा बस्न सहज र सस्तो छ। फुटबल गतिविधि भइरहन्छ। मोफसलमा एक म्याच खेल्दा उनीहरूले ५ देखि १० हजार रुपैँयासम्म कमाँउछन्। त्यसैले आउँछन् ?’

    एकताका त अफ्रिकी खेलाडीहरूले ‘अफ्रिकन युनाइटेड क्लब’ नामको टोली बनाएर देशका प्रतिस्ठित फुटबल प्रतियोगिता नै जितेका थिए।

    क्लबको आधिकारितामा प्रश्न उठेपछि त्यो क्लब बिलायो।

    नेपाल बसाइबारे प्रश्न
    त्यस्तै प्रश्न फुटबल सकिएपछि पनि नेपालमै बसोबास गर्ने अफ्रिकी खेलाडीहरूमाथि हुन थालेको छ।

    एन्फाको नियम अनुसार ‘ए’ डिभिजन क्लबले ४ विदेशी अनुबन्धित गर्न पाउँछ, जसमा एकजना एसियाली मूलुकका तथा बाँकी खेलाडी जुनसुकै राष्ट्रबाट ल्याउन सकिन्छ।

    त्यस निम्ति विदेशी खेलाडीहरूले सम्बन्धित देशको फुटबल सङ्घबाट आइटीसी अर्थात इन्टरनेशनल ट्रान्सफर सर्टिफिकेट उपलब्ध गराउनुपर्छ भने खेल्नु अगाडि नेपाल सरकारबाट अनिवार्य श्रम स्विकृती पनि लिनुपर्छ।

    अनि अनुबन्धनको समय सकिएपछि घर फर्किनुपर्छ। नभए उनीहरूको नेपाल बसाइ अवैधानिक हुन जान्छ।
    तर उनीहरू भिसा थप्दै नेपालमा बस्ने गरेको फुटबलका जानकारहरू बताउँछन्।

    अनि उनीहरूका लागि नेपाल फुटबल खेल्ने सम्पर्क स्थान समेत हो। नेपालबाटै उनीहरू भारत र भुटानका विभिन्न क्लबमा खेल्न जाने गर्छन् र फेरि नेपाल फर्किन्छन्।

    तर यसपाली कोरोनाभाइरस सङ्क्रमणका कारण भारतीय लीग पनि शुरू हुन सकेको छैन भने भुटानले यो वर्ष विदेशी खेलाडी लिन नपाउने नियम बनायो। त्यसकै कारण उनीहरू नेपालमा अड्किएका हुन्।

    उत्पन्न विषम परिस्थितिमा उनीहरू समस्यामा परेपछि त्यसमा क्लबहरू समेत मुछिन पुगेका छन्।

    मनाङ मर्स्याङ्दी क्लबका महासचिव अनिल गुरुङ भन्छन्, ‘राम्रा खेलाडीहरू खेल सकिएपछि तत्काल घर फर्किन्छन्। हामी पनि आफ्नो क्लबका खेलाडीहरू फर्काइदिन्छौँ। तर कोही खेलाडीहरू यतै बस्छन्। अनि समस्या उत्पन्न हुन्छ।’
    अहिले क्लबले टिकट नदिएकोले घर जान नपाएको बताउने कोरा मनाङ मर्स्याङ्दीकै खेलाडी हुन्।

    महासचिव गुरुङले भने, ‘क्लबले उनलाई विदेशबाट मगाएको होइन। उनी नेपालमै बसिरहेका थिए। अनि उनलाई टिकट दिएर घर फर्काउने शर्त हाम्रो सम्झौतामा छैन। वास्तविकता नबुझ्दा बिना कारण क्लबको नाम मुछिने काम भएको छ।’

    एन्फा कति गम्भीर
    सम्झौताभित्र रहेर विदेशी खेलाडीहरूलाई स्याहार्ने जिम्मा सम्बन्धित क्लबको हो। त्यसको अनुगमन गर्ने काम एन्फाको हो।

    त्यसबाहेक नेपालमै बस्ने खेलाडीहरूको जिम्मा कसको र केही गलत भयो भने त्यसको जिम्मेबारी कसले लिने ? यसबारे एन्फाले ध्यान दिनुपर्ने कतिपयको भनाइ छ।

    एन्फा महासचिव इन्द्रमान तुलाधरले अफ्रिकी खेलाडीहरूको बिचल्ली भएको खबरको वास्तविकता बुझ्न एन्फाले काम थालिसकेको बताए।

    उनले भने, ‘विषम परिस्थितिमा अहिले खेलाडीहरूलाई समस्यामुक्त बनाउने बिषय प्रमुख हो। एन्फाले तिनीहरूलाई उद्धार गर्नेछ, चाहे त्यो क्लबको अनुबन्धनभित्र भएका खेलाडी हुन् वा सम्झौता सकिएका खेलाडीहरू नै। त्यसपछि अरू विषयमा हामी छानबिन गर्नेछौँ।’

    कोरोनाभाइरस सङ्क्रमणको जोखिम कहिलेसम्म रहने हो त्यसबारे कसैले भन्नसक्ने अवस्था छैन। त्यसैले नेपाली फुटबललाई योगदान दिइरहेका यी विदेशी खेलाडीहरूको समस्या समाधान गर्न अन्तत एन्फा नै अगाडि बढ्नुपर्ने फुटबल विश्लेषकहरू बताउँछन्। बीबीसी

    शनिबार, कार्तिक ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.