चेन्नै (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नै पूर्व नगर समितिका सदस्य प्रेम थापा, नगर महिला विभागकी सचिव तथा रक्तिम सांस्कृतिक अभियानका सकृय कलाकार यमुना थापा र बाल कलाकार प्रिय थापालाई विदाइ गरिएको छ । उहाँहरू प्रेम थापाको नोकरीबाट अवकाशसँगै स्वदेश फर्कन थालेपछि आजै एक कार्यक्रमको आयोजना गरी बिदाइ गरिएको हो ।
एकता समाज चेन्नई पूर्व नगर समितिका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षता तथा नगर समितिका सचिव कोटिप्रसाद पोख्रेलको सञ्चालनमा कार्यक्रम अगाडि बढेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि एकता समाज क्षेत्रीय समितिका सदस्य काशिराम शर्मा हुनुहन्थ्यो । बिदाइ हुन थाल्नुभएका प्रेम थापा, यमुना थापा र प्रिय थापालाई पनि अतिथिको आसन ग्रहण गराइएको थियो ।
उपस्थित जनमानसलाई चेन्नै पूर्व नगर समितिका उपाध्यक्ष ओमकान्त शर्माले स्वागत गर्नु भयको थियो ।
विदाइ गर्न थालिएका तीनै जनालाई दोसल्ला र अबिरका साथ सम्मान गरिएपछि कार्यक्रममा शुभकामना मन्तव्य राखिएको थियो । यसरी मन्तव्य राख्नेहरूमा प्रमुख अतिथि काशिराम शर्मा, पूर्व नगर समितिका लक्ष्मण चालिसे, रामप्रसाद शर्मा, टिका थापा, लोकप्रसाद पराजुली, बिमलबहादुर लामेछामे, सूर्यप्रसाद भुसाल, दयाराम विक, पुर्व नगर महिला विभागको तर्फबाट लक्ष्मी चालिसे, सेमनचरि एरिया समितिको तर्फबाट प्रथमबाहादुर क्षेत्री र फनाधर पोख्रेललगायत हुनुहुन्थ्यो ।