माधव खनाल, अर्घाखाँची ।
राष्ट्रिय जनमोर्चाले भूमिकास्थान नगरपालिका–१ मा सञ्चालन गरेको एक हप्ते साप्ताहिक प्रशिणात्मक कार्यक्रम अन्तर्गत आज राजिमे टोलमा प्रशिक्षाणात्मक भेला सम्पन्न गरेको छ । भेलाले लक्ष्मण राना अध्यक्ष रहेको ११ सदस्यीय टोल समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा रमेश नेपाली, सचिव मिना खनाल, सहसचिव रमेश भण्डारी र कोषाध्यक्षमा दिपक नेपाली चयन हुनुभएको छ । सदस्यहरुमा तारा खनाल, लक्ष्मी नेपाली, श्यामकला थापा, रुक्मागत खनाल, गोबिन्द थापा, हरि थापा रहनुभएको छ ।
सोही भेलाले मानबहादुर कुवँर संयोजक रहेको सात सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसको सदस्यहरुमा बिनबहादुर नेपाली, चमकला नेपाली, बिन बहादुर नेपाली, नुमानन्द बेल्वासे, डिलाराम खनाल रहनुभएको छ ।
यस्तै भेलाले लक्ष्मी नेपाली अध्यक्ष रहेको १५ सदस्यीय अखिल नेपाल महिला संघको समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा बिमला राना, सचिव श्यामकला थापा, सहसचिव उर्मिला नेपाली र कोषाध्यक्ष मिना खनाल हुनुन्छ ।
सदस्यहरुमा चमेलि भण्डारी, बिमला थापा, देवि थापा, जानका खनाल, देवकला नेपाली, भवानी नेपाली, तारा खनाल, दिपा राना, शिबा घर्ती र पवित्रा राना रहनुभएको छ ।
यसैगरी भेलाले दिपक नेपाली अध्यक्ष रहेको १५ सदस्यीय अखिल नेपाल युवक संघको समेत समिति गठन गरेको छ । जसको उपाध्यक्षमा यज्ञ खनाल, सचीव रमेश भण्डारी, सहसचिव विशाल कुवँर र कोषाध्यक्षमा सागर नेपाली रहनुभएको छ ।
सदस्यहरुमा रोशन नेपाली, लेम बहादुर नेपाली, रेशम खनाल, लेखनाथ खनाल, बाबुराम वेल्वासे, हरि थापा , सनु नेपाली, बिक्रम नेपाली, प्रेम घर्ती, कृष्ण घर्ती रहनुभएको छ । लक्ष्मण राना संयोजक रहनुभएको चार सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा सुवास नेपाली, श्यामबहादुर नेपाली, रमेश नेपाली सदस्य रहनुभएको छ ।
प्रशिक्षाणात्मक भेलामा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापाले नेपालमा संघीयताले बिदाइको साईत कुरेर बसेको भन्दै संघीयतालाई बिदाइ गर्नको निमित्त सम्पूर्ण नेपाली जनता एक जुट हुनुको विकल्प नरहेको बताउनुभयो ।
भेलामा राजमोका जिल्ला सदस्य मेघराज खनाल, अखिल नेपाल महिला संघकी जिल्ला सदस्य खुमा वेल्बासे (माधवा), राजमो भूमिकास्थान नगर सदस्य तथा वडा नम्बर १ का अध्यक्ष भोजराज खनाल लगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य हिमलाल खनाल, भुमिकास्थान नगरपालिका वडा न १ का वडा सदस्यहरु ओमप्रसाद बेल्वासे, चमकला नेपाली, राजमो वडा न १ का वडा सदस्य इन्द्रमणी खनाल, जनजाति सम्मेलनका प्रतिनिधि गणेश घर्ती लगायतको उपस्थिति रहेको थियो भने मानबहादुर कुवँरको अध्यक्षता, दिपक नेपालीको स्वागत र माधव खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

याे पनि :
खाँचिकोटमा राजमोको अगुवा कार्यकर्ता प्रशिक्षण
भूमिकास्थानमा युवक संघको संगठन निर्माण जारी, वडा नं २ को अध्यक्षमा भुसाल
भूमिकास्थानमा प्रशिक्षणसँगै संगठन निर्माण अभियान जारी
भूमिकास्थानका टोल–टोलमा राजमोसँगै महिला र युवक संघको समिति गठन
आमडाँडामा संयुक्त प्रशिक्षण, राजमोसँगै महिला र युवकको संगठन निर्माण