• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

घट्यो सुनचाँदीको मूल्य

भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

भारी वर्षाको चुनौती


  •   बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
  • भद्रपुर (झापा), ८ असोज । भारी वर्षाको सम्भावनासँगै झापामा बाढी, डुबान तथा अन्य विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि उद्धार टोलीदेखि आवश्यक उपकरणसम्म तयारी अवस्थामा राखिएको छ ।

    Advertisement

    मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि १२ गतेसम्म कोशी प्रदेशसहित विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना औँल्याएपछि जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले पूर्वतयारी तीव्र पारेको हो ।

    प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक श्रवणकुमार पोखरेलले सम्भावित विपद्का लागि स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताउनुभयो ।

    “जोखिमयुक्त क्षेत्र पहिचान गरेर सुरक्षाकर्मीलाई सतर्क अवस्थामा राखिएको छ । उद्धारका लागि आवश्यक सामग्री तथा सडक अवरुद्ध भए तत्काल सञ्चालन गर्न डोजर, स्काभेटर र लोडरलगायत उपकरण तयारी अवस्थामा राखिएको छ”, उहाँले भन्नुभयो ।

    सम्भावित बाढी तथा डुबानका लागि डुङ्गा, त्रिपाल, खाद्य सामग्रीलगायत राहत सामग्रीसमेत तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।

    स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित कार्यालयबीच निरन्तर समन्वय गरी आवश्यक परे तत्काल उद्धार तथा राहतमा परिचालन हुने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

    प्रजिअ पोखरेलका अनुसार, झापा गाउँपालिका, गौरीगन्ज, गौरादहका केही वडा, शिवसताक्षीका तटीय क्षेत्र तथा भद्रपुरस्थित मेची नदी आसपासका बस्तीलाई बाढी तथा डुबानको जोखिमका दृष्टिले उच्च प्राथमिकतामा राखिएको छ । कनकाई, माई, बिरिङ, रतुवा, मावा, निन्दा र कमल खोलालगायत नदी तथा खोलाका तटीय क्षेत्रमा सतर्कता बढाइएको छ ।

    नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार जोखिमयुक्त क्षेत्रमा साइरन बजाउने, माइकिङ गर्ने तथा आवश्यक परे प्रभावित बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको छ ।

    जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (डिइओसी) मार्फत सूचना प्रवाह तथा स्थानीय तह र सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला
    विकास निर्माणको कामलाई गति दिन निर्देशन
    मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    • २.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • ३.
      भारी वर्षाको चुनौती

    • ४.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ५.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ६.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    • ७.
      मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    • ८.
      घट्यो सुनचाँदीको मूल्य

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.