युगदर्शन पत्रिकाले आफ्नो पत्रकारिता यात्राको गौरवपूर्ण ७ वर्ष पूरा गरी ८औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा पत्रिकाको सम्पूर्ण परिवारमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
स्थापनाकालदेखि नै युगदर्शनले छापा तथा डिजिटल माध्यममार्फत राष्ट्रिय स्वाभिमान, जनताको आवाज र सत्य–तथ्यमा आधारित पत्रकारितालाई आफ्नो मूल आधार बनाउँदै आएको छ। देश–विदेशका समसामयिक राजनीतिक, सामाजिक, आर्थिक तथा जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठान गर्दै युगदर्शनले आमजनताका आवाजलाई सम्बन्धित निकाय र समाजसमक्ष पुर्याउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
विशेषतः नेपाली प्रगतिशील आन्दोलनका विचार, दृष्टिकोण र जनपक्षीय मुद्दालाई प्राथमिकताका साथ स्थान दिँदै युगदर्शनले वैचारिक बहस र जनमत निर्माणमा समेत उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। पत्रकारिताको मूल धर्म सत्य, तथ्य र जनताको पक्षमा उभिनु हो भन्ने मान्यतालाई आत्मसात् गर्दै अघि बढिरहेको युगदर्शनको यात्रा निश्चय नै प्रशंसनीय र सम्मानयोग्य छ।
आगामी दिनमा पनि राष्ट्रिय हित, जनसरोकार र सामाजिक न्यायका सवाललाई केन्द्रमा राख्दै सत्य, तथ्य र निष्पक्ष सूचनाको प्रवाहलाई अझ प्रभावकारी र सशक्त बनाउँदै युगदर्शनले नेपाली पत्रकारिताको क्षेत्रमा नयाँ उचाइ हासिल गर्न सफल होस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु।
७ वर्षको यात्रामा युगदर्शनले पुर्याएको योगदानको उच्च सम्मान गर्दै आगामी दिनमा यसको संस्थागत विकास, वैचारिक समृद्धि, निरन्तर प्रगति र सफलताको कामना गर्दछु। ८औँ वर्षको प्रवेशसँगै युगदर्शनको पत्रकारिता यात्रा अझ सशक्त, विश्वसनीय र जनपक्षीय बन्दै अघि बढोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।
गणेश अधिकारी
अध्यक्ष
अखिल नेपाल युवक संघ
केन्द्रीय कार्यालय

