काठमाडौं । चर्चित भारतीय क्रिकेट खेलाडी विराट कोहलीले १२ लाख भारु (करिब १८ लाख रुपैयाँ) जरिवाना तिर्नुपर्ने भएको छ । इण्डियन प्रिमियर लिग (आइपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान कोहलीलाई स्लो ओभर खेलेको भन्दै म्याच अधिकारीले जरिवाना सुनाएका हुन् ।
Advertisement
आइपीएल अन्तगर्त बिहिबार राति किंग्स एलाभृन पंजावसँगको खेलमा कोहलीले स्लो ओभर खेलेको आरोप लागेपछि उनी सामाजिक सञ्जालमा ट्रोलको सिकार भएका छन् । कप्तान कोहलीले आफ्नो गल्ती स्वीकार गर्दै सबैको जिम्मेबारी लिएका छन्।
सो खेलमा उनले २ क्याच छाडेपछि एल राहुलले ६९ बलमा १ सय ३२ रन जोडेका थिए । उनी आइपीएल २०२० को संस्करणमा शतक हान्ने पहिलो खेलाडी समेत बने ।