• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

धर्म र मार्क्सवाद


  •   बिहिबार, असोज ०९, २०७६ मा प्रकाशित
  • बुद्धको भनाइ थियो– दुःख छ, दुःखका कारण छन् । दुःखको अन्त हुन सक्छ । दुःखलाई अन्त गर्ने उपायहरू छन् । बुद्धले मध्यममार्गी तरिका अपनाएका थिए । इतिहासले हरेक मध्यम मार्गलाई भौतिकवाद या अध्यात्मवाद कुनै एउटा मार्ग छोड्नुपर्ने बनायो । कन्फ्युसियसको धर्ममा सम्राट दयालु हुनुपर्छ । जनता ऊप्रति एकनिष्ट हुनुपर्छ ।

    Advertisement

    पति न्यायी र पत्नी आज्ञाकारिणी हुनुपर्छ । मित्रहरू विश्वसनीय हुनुपर्छ । सबै धर्मका तत्व प्रार्थना, चिन्तन, सेवा, कर्मकाण्ड, ब्रत आदि छन् ।
    धर्मको आम प्रवृत्ति पनि निरन्तर उत्पीडनले स्वर्गीय आनन्दतिर, मृत्युपछि पुनर्जन्म र अमरतातिर, सङ्घर्षबाट शान्तितिर र बन्धनबाट मुक्तितिर हुन्छ ।

    द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तमा आफ्ना चारैतिर रहेका संसारिक वस्तुहरूलाई स्वीकार गरिन्छ र यो संसारको ज्ञान प्राप्त गर्ने क्षमता मानव मस्तिष्कमा छ भन्ने समेत स्वीकार गरिन्छ । पदार्थको भौतिक अवस्था मान्छेको चेतनाबाट स्वतन्त्र र छुट्टै छ । चेतनाको विकास भौतिक जगत्को लामो विकासको उपज हो ।

    भाववादी विचारकहरूले देश र काललाई या त व्यक्तिको मनको उपज मान्दछन् या परम चेतनाद्वारा निर्मित मान्दछन् । श्रमले स्वयम् मनुष्यको सिर्जना ग¥यो । निश्चित अवस्थामा उत्पादक शक्तिहरूको स्तर अनुसार तिनीहरूलाई अनुकूल हुने गरी उत्पादन सम्बन्ध कायम भएको हुन्छ । उत्पादक शक्तिहरूमा निरन्तर परिवर्तन र विकास भइरहेको हुन्छ ।

    गुणात्मक रूपमा भिन्न उत्पादक शक्तिहरू अस्तित्वमा आएपछि पुराना उत्पादक शक्तिहरूको आधारमा निर्मित उत्पादन सम्बन्धहरूसित उनीहरूको टकराव भई नयाँ उत्पादन सम्बन्धका लागि सङ्घर्ष हुन्छ । त्यसपछि पुरानो वर्गसम्बन्धको ठाउँ नयाँ वर्गसम्बन्धले लिन्छ । यसरी नै समाज आर्थिक द्वन्द्वको प्रक्रियामा विकसित भएको हो ।

    पुँजीवादी समाजमा भएका अन्तरविरोधको स्पष्ट व्याख्या गरेर माक्र्सवादले सबैभन्दा ठुलो योगदान थपेको छ । सामाजिक सत्ताबाट सामाजिक चेतना उत्पन्न हुन्छ । यो चतेना राजनीति र कानुन सम्बन्धी विचार, नैतिकता, कला, विज्ञान, दर्शन र धर्मका रूपहरूमा व्यक्त हुन्छ । वर्गहितलाई व्यक्त गर्ने चेतनाले वर्गसङ्घर्षमा सक्रिय भूमिका निर्वाह गर्दछ ।

    दुर्गा खरेल

    प्राचीन असमयदेखि चलिरहेको धर्ममा विरोध पनि सुरुदेखि नै चलिरहेको छ । आधुनिक युगभन्दा पहिले विरोधी विचारहरूप्रति धर्म हावी थियो । आधुनिक युगमा विज्ञानले धर्मको विरोध प्रमाणसहित ग¥यो । प्रारम्भ कालदेखि आर्जन गरेको मानव ज्ञानलाई कुरानको नाममा यिसुका विरुद्ध लेखिएका किताब जलाउने काम गरियो ।

    मनुले सम्पन्न वर्गलाई शक्ति र ऐश्वर्यको जन्मसिद्ध अधिकार दिन स्त्री र शुद्रलाई धेरै अधिकारबाट वञ्चित गरेको थिए । मध्ययुगको इसाई धर्म पनि सामन्ती बर्बर दमनको र क्रुरताको खुला अस्त्र थियो । तर आधुनिक युग धर्मका विरुद्ध आक्रमणको युग हो । विचारधाराको क्षेत्रमा धर्मको विरोध विज्ञानबाट भयो । कोपर्निकसले पत्ता लगाएको पृथ्वीले सूर्यको परिक्रमा गर्ने तथ्य पनि विचारहरूको क्षेत्रमा आउने क्रान्तिकारी वैज्ञानिक परम्पराको सुरुवात थियो । यसले पुरानो वास्तविकता विरुद्ध क्रान्ति ग-यो ।

    आजकल अमर र अनन्त आत्मको कल्पनालाई हावादारी गफ हो भन्ने बुझिन्छ । हब्सले शरीरका सबै अङ्गले शरीरलाई गति प्रदान गर्छन् । यहाँ कुनै दैवी शक्तिको स्थान छैन भने प्रकृतिका छन् भने आफ्नै नियमअनुसार चल्ने र आफ्नो कारण आफै हुने भएकाले त्यसमा कुनै अप्राकृतिक कारण छैन भन्ने भनाइ देकार्तको हो । डार्बिनले दिएको विकास प्रक्रियाको विवरणले धर्मको बचेको विश्वासलाई सफलतापूर्वक समाप्त पा-यो ।

    यी सबै वैज्ञानिक उपलब्धिको प्रभावले गर्दा मानव समाजका सामाजिक, आर्थिक वर्गभेदहरूलाई सामाजिक आर्थिक ढाँचाभित्र नै खोज्न थालियो । त्यसबाट समाजको वर्गभेदलाई मानिसले नै समाप्त पार्न सक्ने निष्कर्षमा पुगियो । त्यसकारण धार्मिक विश्वास र सिद्धान्त प्रतिगमनका क्रियाहरूद्वारा निर्मित सान्त्वनाका साधन हुन् । तिनीहरूको सम्बन्ध कुनै वास्तविक सत्तासित छैन । धार्मिक जीवनको सामान्य अर्थ भौतिक जीवनको निषेध हो ।

    आफ्ना इच्छालाई मारेर तथा आफ्ना इन्द्रियबाट प्राप्त अनुभवलाई पन्छाएर टाढा हुनु नै मुुक्तितिर बढ्नु हो भन्ने धर्मको विश्लेषण हो । त्यो मानव जीवनको अन्त्य हो । आधुनिक युगको सुरुमा धर्मले विज्ञानलाई क्रुर र हिंस्रक तरिका प्रयोग गरेर रोक्न खोजे पनि धर्मलाई रहस्यमय अनुभव र विश्वासको क्षेत्रमा घेर्नु उसले पराजय स्वीकारेको हो । ईश्वर अनुभवबाट बाहिर छ र अनुभव नहुनु अर्थ नहुनुको उदाहरणबाट पनि धर्म–अधर्म हुन्छ र ईश्वरको विचारको कुनै अर्थ हुन्न । वैज्ञानिक प्रमाण मात्र सही हुन्छ ।

    धर्मका विरुद्धको सङ्घर्ष अर्को संसार विरुद्धको सङ्घर्ष हो । जब यही संसारमा आफू पनि उपस्थित छ । यो वास्तविक संसार हो । आफूले देख्ने–भोग्ने गरेको कुरालाई केही नमान्ने र हुँदै नभएको काल्पनिक संसारको अनुमान गरेर भ्रममा पर्ने काम धर्मले बनाउँछ । धर्मको उन्मूलन नगरेसम्म समाजमा वास्तविक सुख प्राप्त हुन सक्दैन । झुटालाई निषेध नगरेसम्म सत्यको आगमन हुन सक्दैन । धर्मका भ्रमहरू नच्यातेसम्म र धर्मबाट स्वतन्त्र भएर सोच्न सक्ने नभएसम्म आफ्ना परिस्थितिको निर्माणमा मान्छे आफै लाग्न सक्दैन ।

    आफै आफ्ना चारैतिर परिक्रमा गर्न सुरु नगर्दासम्म धर्मको नाममा झुटो वास्तविकताले आफ्नो चारैतिर परिक्रमा गरिरहन्छ । सत्यबाट टाढा भएको संसारलाई नामेट पारेपछि मात्र संसारमा सत्य स्थापना हुन सक्छ र हुन जान्छ । त्यसैले धर्मको आलोचना अधिकारको आलोचना, धर्मशास्त्रको आलोचना, राजनीतिको आलोचना र स्वर्गको आलोचना, पृथ्वीको आलोचना बन्न जान्छ । समग्रमा अपवित्र स्वरूपहरूको निवारण हुन जान्छ ।

    धार्मिक मानवको सामाजिक स्थिति उल्टो हुन्छ । धर्ममा भएको आत्मचेतना पनि उल्टो नै हुन्छ । धर्मले वर्तमानको वास्तविक पीडालाई अर्को संसारको भाषामा व्यक्त गर्दछ । वास्तविकताको उल्टो तस्बिर प्रस्तुत गर्ने हुनाले धर्म भ्रम हो । वास्तविक समाजको वास्तविकतामा रहेर अभिव्यक्त गर्दा अथवा अहिलेको अभिव्यक्ति बदल्दा धर्म समाप्त भइसकेको हुने छ । माक्र्सले धर्मसम्बन्धी पहिलेको धारणालाई उल्टो बनाइदिए ।

    पहिले धर्मले मान्छे बनाएको व्याख्या गरिरहेका थिए । तर माक्र्सले धर्म मान्छेको कृति हो भने । मान्छेले आफ्नोबारेमा थाहा नपाउँदासम्म धर्मको मान्यतानुसार सभ्यता र संस्कृतिको किवास ग¥यो । जब ऊ वास्तविकताप्रति सचेत भयो, तब मात्रै धर्मको विरुद्ध उभियो । नियमित रूपमा उत्पादन र पुनरुत्पादनको समयमा मान्छेले सामूहिक रूपले देखाइने आवेश र भावनाहरूले श्रमका लागि तयार पार्ने वास्तविक प्रेरणा दिन्छ ।

    मान्छेले आफ्नो स्वभावलाई नबुझेर प्रकृतितिर सुम्पने काम गर्छ । फेरि प्रकृतिलाई पनि बुझ्दैन र आफूलमा समेट्छ । त्यसकारण आफ्नो र प्रकृतिका बारेमा नबुझेको समयमा धार्मिक भ्रमले मान्छेलाई घेरेको हुन्छ । धार्मिक भावना परिस्थितिले बनाएको र वास्तविकता थाहा नभएको अवस्थाको सिर्जना हो ।
    मान्छेले प्रकृतिको नियमअनुसार आफूलाई बदल्न र आफ्नो स्वार्थअनुसार प्रकृतिलाई बदल्ने काम आवश्यक थियो ।

    मान्छे त्यसलाई वास्तविकतामा नबुझेर विकृत रूप अथवा जादुको रूपमा प्रयोग गरे । आदिम समुदायको समान व्यवहारबाट उत्पन्न भएको चेतनाले समाजलाई सङ्गठित पार्ने काम पनि गर्दथ्यो । मान्छे र बाह्य जगत्बिच क्रिया र प्रतिक्रियास्वरूप चेतनाको विकास भएको हो । उत्पादनको विकासको साथसाथै श्रमको विभाजन पनि भएको हो । चेतना सामूहिकताको परिणाम हो । ईश्वरभक्तहरूको सामाजिक प्रतिबिम्ब हो । धर्म, वर्गहरूको विकास र सङ्गठनको भ्रमात्मक अभिव्यक्ति पनि हो । धर्मले समाजमा भउका वर्गहरूलाई स्थायी बनाउन प्रयत्न गर्दछ ।

    धर्मका विरुद्धको सङ्घर्ष सम्पन्न वर्ग विरुद्धको सङ्घर्ष पनि भएकाले धर्मले श्रमजीवी वर्गको विरुद्धमा काम गर्छ । धर्मबाट मुक्त भएर मात्र मानव समाजका उत्पादक शक्ति मुक्त हुन्छन् । त्यसकारण धर्म मुक्ति विरुद्धको बन्धन पनि हो । वर्गविहीन समाज स्थापना गर्न सबै धर्मका विरुद्ध सङ्घर्ष गर्न आवश्यक छ । धर्म विरुद्धको सङ्घर्ष सर्वहारा वर्गको मुक्तिको पहिलो शर्त हो ।

    एङ्गेल्सले भनेका छन्– “सबै प्रकारका धर्म बाह्य शक्तिहरूको काल्पनिक प्रतिबिम्ब बाहेक केही होइन्न् । धर्मले उनीहरूको दैनिक जीवनलाई नियन्त्रित गर्छ । त्यो प्रतिबिम्बमा लौकिक शक्तिहरूले अलौकिक रूप धारण गर्दछन् ।” धर्मका लागि मान्छेले प्रस्ताव गर्छ र ईश्वरले निर्णय गर्छ । मान्छेले प्रस्ताव मात्र नगरेर निर्णय गर्न पनि लागेपछि धर्ममा प्रतिबिम्बित भएको बाहिरी शक्तिको प्रमाण समाप्त हुने छ ।

    जति जति हात फुर्सदिलो हुँदै गए, त्यति त्यति दिमागको विकास पनि हुँदै गएको हो । हातबाट धेरै काम लिँदा त्यसको सोझै दिमागमा प्रभाव पर्ने र विकसित हुने गरेको हो । हातले औजरहरूका प्रयोग गर्ने र उत्पादन बढ्दै जाने गर्दा समाजमा सम्पन्नता पनि बढ्दै गएको हो । मान्छेका मस्तिष्क सबैभन्दा उच्च विकसित पदार्थ हो ।

    मान्छेलाई सर्वश्रेष्ठ जीव बनाउनमा पनि मस्तिष्कको मुख्य भूमिका छ । मान्छेको मस्तिष्कको विकास भएकै कारणले मान्छे सर्वश्रेष्ठ जीव बन्न सकेको हो । आफ्नो बुद्धिको प्रयोग गर्दासम्म मान्छे भौतिकवादी हुन्छ । जब आफूले आफ्नो भन्दा अरूको पछि लाग्छ अथवा आफूलाई केही नजानेको बनाएर कल्पना गर्दछ, तब उसले इश्वरीय शक्तिको अनुमान गर्दछ । त्यो उसको अज्ञानताको परिचायक हो । उत्पादनका साधनहरूको विकास गर्दै जाँदा प्रकृतिलाई शासन गर्न त्यसका नियम बुझ्ने र मानव हितमा प्रयोग गर्नेतर्फ पनि सफलता प्राप्त गर्दै गयो ।

    आफ्नो ज्ञानलाई मान्छेले आफ्नो सम्पन्नता र प्रकृतिमाथि शासन गरेर उत्पादन र सञ्चय बढाउने काममा उपयोग ग-यो । त्यही सिलसिलामा व्यक्तिगत हिततर्फ र वर्गसङ्घर्षतर्फ चेतना उपयोग हुदै जाँदा निजी हितहरूका लागि सङ्घर्ष सुरु भयो । आर्थिक साधनमा निजी स्वामित्वले गर्दा र तिनीहरूलाई अगाडि बढाउन राज्य, धर्म र कानुन आदि आवश्यक भए ।

    उत्पादनका साधनहरूमा व्यक्तिगत स्वामित्वलाई कायम राख्न शासक वर्गको उदय अनिवार्य ऐतिहासिक आवश्यकता हुन गयो । मानव समाजको विकासको एक निश्चित अवस्थामा प्रकृतिका शक्तिसँगै समाजका शक्तिहरू पनि सक्रिय भई देवीदेवता या ईश्वर मानवीय सम्बन्धका मापदण्ड बन्दछन् ।

    श्रम विभाजन भएपछि त्यसैलाई संरक्षण र व्यवस्थापन गर्ने सिलसिलामा मुख्य व्यक्तिहरूका निजी हितलाई ध्यान दिएर उत्पादन बढाउने र निजी मालिकत्व कायम गर्न प्रकृतिसँग सङ्घर्षका साथसाथै निजी हितका लागि वर्गसङ्घर्ष सुरु भयो । राज्य, धर्म, कानुन सबै व्यक्तिगत मालिकत्वलाई बढाउने साधनको रूपमा आर्थिक जगमाथि खडा भए ।

    शासक वर्ग श्रमबाट अलग हुँदै श्रमिकलाई दास बनाउन धर्मकै मातहत रहन लाग्यो । शासक वर्गको इच्छालाई परम निर्णयको स्वीकृति दिनुपर्ने र फलप्राप्तिको इच्छा नगरिकन लगातार श्रममा खटिरहनुपर्ने भयो । प्रकृतिको देवता अथवा शासकको सर्वेसर्वा रूप राजाले ईश्वरबाट लिएर आएको विश्वास दिलाउने प्रयत्न गरिन्छ ।

    ईश्वरका विभिन्न रूपहरूको व्याख्या गर्दै माक्र्सले पुँजीको अध्याय १ मा लेखेका छन्– “धार्मिक जगत् वास्तविक जगत्को प्रतिबिम्ब मात्र हो । मालसामानको व्यवस्थामा आधारित समाजका लागि जहाँ आम मालउत्पादकले आफ्नो उत्पादनलाई माल तथा मूल्य मानेर एक–अर्कासँग सम्बन्ध स्थापित गर्छन् र आफ्नो व्यक्तिगत निजी श्रमलाई सजातीय मानव श्रमको आदर्श रूप दिन्छन् ।

    निराकार मानवको उपासन गर्ने इसाई धर्म विशेष रूपबाट आफ्नो पुँजीवादी प्रोटेस्टेन्ट आदि रूपहरूमा धर्मको सबभन्दा उपयुक्त रूप हो । प्राचीन सियाली तथा अन्य प्राचीन उत्पादन पद्धतिमा देखिन्छ कि उत्पादनलाई मालसामानमा परिवर्तन गर्ने क्रियाको स्थान गौण हुन्छ ।

    परन्तु आदिम समाज व्यष्वस्थामा आफ्नो विघटन जति जति धेरै नजिक आउँछ, त्यति उत्पादनहरूको मालसामानमा परिवर्तनतिर यसकारण मान्छेका मालको उत्पादकमा परिवर्तनको क्रियाले आधिकारिक महत्व धारण गर्दछ, जसलाई सही अर्थमा व्यापार गर्ने राष्ट्र भनिन्छ ।

    ती प्राचीन दुनियाँमा यता उता केवल रिक्त स्थानहरूमा नै भेटिन्छन् । त्यसरी नै जसरी एपिक्युरसका देवता केवल दुईवटै लोकका बीचमा आधरमा भेटिन्छन् या जसरी यहुदी केवल पोलिस समाजका रन्ध्रमा पाइन्छन् । पुँजीवादी समाजको तुलनामा उत्पादनका प्राचीन सामाजिक सङ्गठन अत्यन्त सरल र निर्मल थिए ।

    तर तिनीहरूको आधार कि त त्यस मानवको अपरिपक्व व्यक्तिगत विकास हुन्थ्यो, जुन अहिलेसम्म त्यस नाललाई चुँडाउन सकेको थिएन, जसबाट त्यो आदिम कविलायी समाजभित्र अन्य सहचारसँग एकसूत्रमा बाँधिएको हुन्थ्यो, या फेरि ती प्राचीन सङ्गठन सोझै अधीनताको सम्बन्धमा आधारित हुन्थे । यस्ता सामाजिक सङ्गठन त्यतिबेला मात्र पैदा हुन्छन् र कायम रहन सक्छन्, जब श्रमको उत्पादक शक्तिको एउटा निम्न अवस्थाबाट अगाडि विकास नभएको होस् ।

    यही कारणले भौतिक जीवनको क्षेत्रमा मानव मानव तथा मानव र प्रकृतिबीचको सामाजिक सम्बन्ध पनि यसै निम्न सङ्कुचित अवस्थामा होउनु । प्रकृति पूजाको प्राचीन परम्परा तथा जनताका धर्मको अन्य तत्वहरूभित्र यही सङ्कीर्णता प्रतिबिम्बित हुन्छ ।” यसबाट पनि धर्म पिछडिएको चेतना र अज्ञानताको परिचायक हो भन्ने स्पष्ट हुन्छ ।

    समाजमा निरन्तर परिवर्तन र विकास भइरहेको हुन्छ तर धर्मले परिवर्तनअनुसार आफ्नो चेतना उच्च बनाउनुको सट्टा पुरानै अवस्थामा र स्थिर अवस्थामा बस्न बसाउन प्रयत्न गर्दछ । अलौकिक शक्तिलाई मानेर आफूले केही गर्न नसक्ने र आफूले वकेही गर्नुनपर्ने भन्ने भ्रम पनि धर्मले पालिरहन्छ । यस्तो चेतनाले सम्पत्तिका मालिक वर्गलाई सहयोग पुग्ने भएको हुनाले यस्तो काल्पनिक विचार समेत समाजमा बलियो जरा गाडेर रहिरहेको छ ।

    बिहिबार, असोज ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    नेपाली राजनीति र नियति
    गजल
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.