• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

ढोरपाटन बाढी पीडितका लागि व्यवस्थित एकीकृत बस्ती निर्माणलाई जोड दिऊँ


  •   शुक्रबार, भदौ २६, २०७७ मा प्रकाशित
  • भाद्र १७ गते साँझैबाट सिमसिम पानी परिरहेपनि अब बर्खा सकिँदै गएको ठानेर भुजिखोला आसपास भुसुण्डे, दुनेपोखरा, लाकुरीबोट,सुकुरदुँग, दुने पँधेरा, घट्टबोट लगायत बस्तीका घर परिवार राती ११ः३० बजे सबै मस्त निद्रामा थिए।

    Advertisement

    उनीहरु ननिदाउँदा सम्म भुजिखोलामा बग्ने पानीको प्रवाह वर्षौंसम्म देखी सुन्दै आएको जस्तै कल कल बगिरहेको थियो । अतस्ः कसैले सोचेको थिएन, आडमा बग्दै आएको छिमेकी खोलाले बेइमान गर्छ, दर्जनौंको ज्यान लिन्छ, सिरानदेखि पुछारसम्मका बस्तीहरुको उठीबास पार्छ र अरबौंको क्षति गर्छ भनेर ।

    पहिलो प्रहरको मस्त निद्रामा रहेका बेला राती ११ः३० बजे सधैँ आफूहरुलाई चिसो पानी र ताजा हावा दिँदै भुजिखोलाले एक्कासि दैवी रुप लियो र क्षणभरमै आसपासका बस्तीहरु केहीलाई बगर बनायो र कयौंलाई चिथोर्दै लग्यो ।

    ३८ जनालाई बेपत्ता बनायो । जसमा १९ जनाको लास प्रायः अंग–भंगको अवस्थामा बडीगाढ खोलासम्म फेला परेको छ । अझै १९ जना बेपत्ता नै छन् । तिनका आफन्तहरु लाससम्म त फेला पर्छ कि भनेर खोलाका तीर तीर गुल्मीको मिर्मीसम्म खोजिकार्य जारी राखेका छन् ।

    बाढीका कारण सो क्षेत्रको स्वास्थ्य, शिक्षा, यातायात र जलविद्युतमा ठुलो असर परेको छ । १२० वटा घर पूर्ण रुपमा क्षति भएका छन् भने ५१ वटा घरमा आंशिक क्षति पुगेको छ । यस्तै, दुईवटा विद्यालय, ११ वटा पुल, १२ वटा जलविद्युत आयोजना र दुईवटा स्वास्थ्यचौकीमा क्षति पुगेको छ । सडकमा पनि ठुलो क्षति पुगेको छ । अहिले ढोरपाटन ७,८ र ९ वडाका कैयौ स्थानमा विधुत सेवा अवरुद्द छ र सचार सेवा पनि यहाँ नियमित हुन सकेको छैन।बुर्तिबाँग–ढोरपाटन सडकमा पनि ठाँउ–ठाँउमा क्षति पुगेको छ ।

    पाँच वर्ष अगाडि नै यी बाढी प्रभावित बस्तीहरुलाई जोखिमयुक्त ठाँउ भनेर पहिचान भैसकेको भएपनि कसैले वास्ता गरेका थिएनन् । विकासका नाममा जाने बजेटको ठुलो खर्च हिउँदे डोजर आतंकको विकासे कामबाट यो क्षेत्र पनि अछुतो छैन । ढोरपाटा शिकार आरक्ष प्रवेश मार्गका रुपमा रहेको देउराली पहाडमा पनि मोटरबाटो यत्र–तत्र खनिएकै थियो । त्यही मोटरबाटोमा पहिरो आएर ढोरपाटन–९, भुजिखोलाको सिरानमै खोला थुनियो र ताल बन्यो । त्यही ताल परेको पानी एकै पटक खुल्दा यस खालको विनास निम्तिएको मानिएको छ ।

    घटनाको भोलिपल्ट विहानैदेखि नेपाल प्रहरी, शशस्त्र, सेना र स्थानीय जनप्रतिनिधि उद्धार कार्यमा खटिएका थिए । दिउँसो प्रदेश सांसद खिमविक्रम शाही, राजमोका गौरिश्वर पण्डे सहितको टोली, नेपाली कांग्रेसका जीत शेर्चन र दोर्ण कुँवरको टोली र पर्सिपल्ट गृहमन्त्री राम बहादुर थापा, संघीय सांसद देवेन्द्र पौडेलको टोली यहाँ आएर बाढी पीडितलाई सान्त्वना र प्रारम्भिक मानवीय सहयोग गरेका थिए ।

    गृहमन्त्री थापाले क्षति पुगेका घरहरुलाई राज्यले पुनर्निर्माण गर्ने बताएका थिए । त्यस्तै गण्डकीइ प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले घटनास्थलको निरीक्षण गर्दै सनाखत भएका १३ घर परिवारलाई जनही ५०/५० हजारका दरले नगद राहत उपलब्ध गराएका थिए । उनले नगर पालिकाले जग्गा उपलब्ध गराए संघ र प्रदेश मिलेर एकीकृत बस्ती निर्माणमा पहल गर्ने बताएका थिए ।

    राजमो जिल्ला अध्यक्ष अमर थापा र प्रदेश सांसद खिमविक्रम शाहीको टोली घट्नास्थल पुगेर मृतक र बेपत्ता भएका २१ परिवारलाई जनही ५/५ हजारका दरले र विस्थापित ९६ परिवारलाई जनही २/२ हजारका दरले तत्काल नगद राहत सहयोग गरको छ । नेपाली कांग्रेसले ७५ घर परिवारलाई त्रिपाल, खाध्यन्न र नगद सहयोग गरेको छ । त्यस्तै राष्ट्रय लोक दोहोरी प्रतिष्ठान बागलुंग, नेपाल रेडक्रस सोसाईटी, लायन्स क्लब बागलुङ लगायत संघ संस्थाहरुले त्रिपाल, खाद्यान्न, लत्ता कपडा आदी सहयोग गरिरहेका छन् ।

    बिहीबार मात्र नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा सहितको टोलीले ढोरपाटन नगरपालिकाले स्थापना गरेको दैवीप्रकोप राहतकोषमा जम्मा हुनेगरी १९ लाख, ५८ हजार ७५६ को चेक मेयर देव कुमार नेपालीलाई हस्तान्तरण गरेको छ । त्यस्तै विदेशमा रहेका गल्कोट समाज जापान, हङकङ समाज, गल्कोट समाज यूके लगायतले पनि सहयोग संकलन गरिरहेको बताएका छन् ।

    सहयोगी मनहरुले जुटाएको सम्पूर्ण सहयोग रकम व्यवस्थित एकीकृत बस्ती निर्माणमा लगाएर दिर्घकालिन समस्या समाधान गर्न सक्यो भने ढोरपाटन बाढीपीडितको स्थाई उद्धार हुनेछ । सहयोग रकमको पारदर्शीता, एकद्वार प्रणाली, सही व्यवस्थापन र निस्वार्थ सेवाभाव भयो भनेमात्र यी कार्यहरु पुरा हुनेछन् ।

    यो पनिः 

    कस्तो छ बागलुङको बाढीग्रस्त क्षेत्रको अवस्था ?

    ढोरपाटनका बाढीपीडितलाई राजमोद्वारा राहत वितरण

    शुक्रबार, भदौ २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.