• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कस्तो छ बागलुङको बाढीग्रस्त क्षेत्रको अवस्था ?


  •   बुधबार, भदौ २४, २०७७ मा प्रकाशित
  • काठमाडौं । एक साता अघि बागलुङको ढोरपाटन नगरपालिका–९ भुजिखोलामा आएको बाढीबाट क्षतिग्रस्त क्षेत्र अझै लयमा फर्कन सकेको छैन । बाढीले ठुलो मानवीय र भौतिक क्षति पुर्याएको सो क्षेत्र अहिले पनि विद्युत र सडकको पहुँचबाट टाढै छ ।

    Advertisement

    गत बुधबार आएको बाढीका कारण ३८ जना बेपत्ता भएकोमा बुधबारसम्म १९ जनाको शव भेटिएको छ । १९ जना अझै हराइरहेका र उनीहरुको खोजी जारी रहेको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले युगदर्शनलाई बताउनुभयो ।

    बाढीका कारण सो क्षेत्रको स्वास्थ्य, शिक्षा, यातायात र जलविद्युतमा ठुलो असर परेको छ । मेयर नेपालीका अनुसार १२० वटा घर पूर्ण रुपमा क्षति भएका छन् भने ५१ वटा घरमा आंशिक क्षति पुगेको छ ।

    यस्तै, दुईवटा विद्यालय, ११ वटा पुल, १२ वटा जलविद्युत आयोजना र दुईवटा स्वास्थ्यचौकीमा क्षति पुगेको छ । सडकमा पनि ठुलो क्षति पुगेको छ । बाढीका कारण भुजीखोला पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ, नेपाने देउराली जलविद्युत्, रुद्रताल लघु जलविद्युत् आयोजनासहित १२ आयोजनामा क्षति पुगेको हो ।

    नगरपालिकाले तीनवटा डोजर परिचालन गरी आजदेखि सडक खुलाउने काम सुरु गरेको छ । यद्यपी जलविद्युत आयोजना र पुलको पुनर्निर्माणको काम नगरपालिकाबाट सम्भव नभएको मेयर नेपालीले बताउनुभयो ।

    ‘धेरै ठुलो क्षति पुगेको छ । नगरपालिकाबाट पुनर्निर्माणको काम सम्भव छैन । हामीले प्रदेश सरकारसँग आग्रह गरेका छौं’ मेयर नेपालीले भन्नुभयो, ‘प्रदेशबाट प्राविधिकहरुको टिम आएर हेरेर फर्किएको छ । मन्त्रीज्यूबाट पुनर्निर्माणको आस्वासन पाएका छौं ।’

    मेयर देवकुमार नेपालीले विस्थापितहरु अहिले आफन्तकहाँ बसिरहेको जानकारी दिनुभयो । उनीहरुलाई खानपिन लगायत राहतको व्यवस्था गरिएको छ । अभिभावक गुमाएका बालबालिकालाई नगरपालिकाले नै संरक्षण गर्ने उहाँले बताउनुभयो ।

    ‘अभिभावक गुमाएका बालबालिकालाई सान्त्वना दिइरहेका छौं’ उहाँले भन्नुभयो, ‘अब उनीहरुको शिक्षा दिक्षाको व्यवस्था नगरपालिकाले नै गर्छ ।’

    अहिले बाढीग्रस्त क्षेत्रमा विद्युत् नहुँदा द्वार, फल्लेघर, सुप्राङ, घट्टेपानी, दुनेपधेरा, भुसुन्दे, सुकुरुदुङ र लाकुरीबोट गाउँ अन्धकार भएको छ भने सो क्षेत्र सञ्चार सम्पर्कबाट बाहिर छ ।

    यो पनिः ढोरपाटनका बाढीपीडितलाई राजमोद्वारा राहत वितरण

    बुधबार, भदौ २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.