• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

कमजोर जमैका, उत्कृष्ट सन्दीप


  •   मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित
  • काठमाडौँ।  ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन्।

    Advertisement

    जमैका तलावाजबाट खेल्दै आएका उनी समूह चरणका सबै खेलमा खेलैपिच्छे विकेट लिन सफल भए। सीपीएलको समूह चरणको सबै खेलहरु सम्पन्न भएका छन्।

    सीपीएलमा सहभागी ६ वटै टोली प्रत्येकले दश दश वटा खेल खेलेका थिए। सन्दीप सम्मिलित जमैकाले १० खेल मध्ये तीन मात्र जित्यो।

    जमैका ६ खेलमा पराजित भयो। सेन्ट किटस् विरुद्धको आठौँ खेल वर्षाका कारण रद्द भयो। दुवै टोलीले सो खेलमा एक एक अंक बाँडे। सीपीएलमा जमैकाको प्रदर्शन निकै कमजोर देखियो। जमैकाको ब्याटिङ लाइन कमजोर हुँदा उसले सामान्य लक्ष्य पनि पूरा गर्न सकेन्।

    तर बलिङ लाइन भने जमैकाको सबैभन्दा उत्कृष्ट रह्यो । नेपाली खेलाडी सन्दीप प्रतियोगिताकै उत्कृष्ट बलर सावित भए। उनले खेलेका ९ खेलमा १२ विकेट लिए। उनी कुनै पनि खेलमा विकेट बिहीन रहनु परेन।

    समूह चरणका खेल सम्पन्न हुँदासम्म सीपीउलमा जमैकाकै मुजिबउर रहमानले सर्वाधिक १५ विकेट लिएका छन्। यस्तै गुयानाका इमरान ताहिरले पनि १५ विकेट लिए। सीपीएलमा सर्वाधिक विकेट लिनेको सूचीमा सन्दीप चौथो स्थानमा छन्।

    तर मुजिबउर र इमरान ताहिरभन्दा किफायती बलर सन्दीप नै हुन्। उनको इकोनोमी रेट सबैभन्दा कम छ। अर्थात् उनले सकैभन्दा कम रन खर्चिएका छन्। सन्दीपको इकोनोमी रेट ५ दशमलव ०५ छ। मुजिबउर रहमानको इकोनोमी रेट ५ दशमलव ३५ छ।

    नौ खेलमा सन्दीपले खेलैपिच्छे विकेट लिए। उनले तीन खेलमा दुई दुई तथा बाँकी ६ खेलमा एक एक विकेट लिन सफल भए। सन्दीपको बलमा विपक्षी खेलाडीहरुले खुलेर रन बनाउन सकेनन्।

    उनले प्रत्येक खेलमा निकै किफायती बलिङ गरे। जमैकाले समूह चरणमा स्तरीय खेल प्रदर्शन गर्न नसके पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल देखाए। जमैका ७ अङ्क बटुल्दै अङ्क तालिकाको चौथो स्थानमा खुम्चियो।

    यद्दपी सन्दीपले भने जमैकाका लागि कसिलो बलिङ गरे। सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा एक विकेट लिएका थिए। उक्त खेलमा उनले चार ओभरमा २३ रन खर्चिएका थिए। सो खेल जमैकाले ५ विकेटले जित्यो।

    यस्तै दोस्रो खेलमा समेत सन्दीपले एक विकेट लिए। उनले ट्रिनबागो नाइट राइडर्सविरुद्धको उक्त खेलमा ४ ओभरमा ३० रन दिएका थिए।

    उक्त खेल राइडर्सले सात विकेटले जितेको थियो। गुयाना अमेजन वारियर्सविरुद्धको तेस्रो खेलमा सन्दीपले दुई विकेट लिए। उनले सो खेलमा चार ओभरमा ८ रन मात्र खर्चिए। उक्त खेलमा उनले हालसम्मकै उत्कृष्ट खेल देखाएका थिए। तर सो खेलमा जमैका १४ रनले पराजित भयो।

    यसैगरी आफ्नो चौथो खेलमा सन्दीपले एक विकेट लिए। गुएना अमेजन वारियर्सविरुद्धको उक्त खेलमा उनले चार ओभरमा मात्र १२ रन खर्चिए। सो खेलमा जमैका पाँच विकेटले विजयी भयो।

    यस्तै पाँचौ खेलमा सन्दीपले दुई विकेट लिएका थिए। बार्बाडोस ट्राइडेन्ससितको सो खेलमा उनले ४ ओभरमा १६ रन दिए। सो खेलमा जमैका ३६ रनले पराजित हुन पुग्यो। यस्तै सेन्ट किट्स विरुद्धको छैटौँ खेलमा सन्दीपले दुई विकेट लिए।

    सो खेलमा उनले चार ओभर बलिङ गर्दै २७ रन खर्चिए। उक्त खेलमा जमैका ३७ रनले विजयी भयो। सातौँ खेलमा सन्दीपले एक विकेट लिए। ट्रिनबागो नाइट राइडर्सविरुद्धको सो खेलमा उनले चार ओभर बलिङ गर्दै २० रन दिए।

    सो खेलमा ट्रिनबागोले जमैकालाई १९ रनले पराजित गरेको थियो। यस्तै सेन्ट किट्स विरुद्धको आठौँ खेलमा सन्दीपले जमैकाका लागि बलिङ गर्न पाएनन्।

    उक्त खेल वर्षाका कारण रद्द भएको थियो। तर नवौँ खेलमा भने सन्दीप एक विकेट लिन सफल भए। बार्बाडोस ट्राइडेन्स विरुद्धको सो खेलमा उनले चार ओभर बलिङ गदै २६ रन दिए। उक्त खेलमा जमैका सात विकेटले पराजित हुनपुग्यो।

    समूह चरणको अन्तिम खेलमा सन्दीपले निकै किफायती बलिङ गरे। सेन्ट लुसिया विरुद्धको खेलमा उनले चार ओभर बलिङ गर्दै एक मेडन राखेर मात्र २० रन खर्चिए। तर उनको टोली जमैका भने उक्त खेलमा ११ रनले पराजित भयो।

    सन्दीपको टोली जमैकाले अब मंगलबार सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित सेमिफाइनल खेल खेल्नेछ। उक्त खेलमा हालसम्मको खेल प्रदर्शनको आधारमा सन्दीपले जमैकाको तर्फबाट बलिङ गर्न पाउने निश्चित जस्तै छ।

    जमैकाले बलिङ लाइन सन्दीप माथि निर्भर रहने गरेको छ। उनले विपक्षी खेलाडीलाई खुलेर रन बटुल्न दिएका छैनन्। सन्दीप र अफगानिस्तानका युवा खेलाडी मुजिबउर रहमानले जसरी जमैकालाई बलिङमा साथ दिँदै आएका त्यसैगरी ब्याटिङ लाइन बलियो भएमा जमैकाले सेमिफाइनलमा जित्न सक्ने अनुमान गरिएको छ।

    यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो। उनले यसअघि दुई पटक सीपीएल खेलिकेका छन्। पहिलो पटक सन् २०१८ मा उनलाई सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले ५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो।

    दोस्रो पटक बार्बाडोस ट्रिडेन्टसले सन् २०१९ मा सन्दीपलाई ७० हजार डलरमा अनुबन्ध गरेको थियो। सीपीएल सकिएपछि सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न युनाइटेड अरब इमिरेटस् (युएइए) जानेछन्।

    यस यामको आईपीएल कोरोना महामारीका कारण भारतमा आयोजना नभएर युएईमा हुँदैछ। सन्दीपले आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्नेछन्। उनी दिल्ली क्यापिटल्समा रु ३२ लाखमा अनुबन्धित भएका हुन्।

    मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.