• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङ बाढीपीडितको बयान– ‘पाँच सेकेन्डले बाँच्यौँ’


  •   शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित
  • बागलुङ । घरबाट निस्कँदा ढोरपाटन पुग्ने निधो थिएन । घुम्ने रहर न हो, कृष्ण, दिलु खड्का, इन्द्र र नवीन भण्डारी बुधबार मध्याह्न मोटरसाइलमा हुँइकिए । गलकोटदेखि मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिबाङ बजार पुगे । खाजा खाइवरी त्यहाँबाट अघि बढ्ने योजना बुने । पहिले ढोरपाटन जाने सल्लाह भयो । सडक बिग्रेको थाहा पाएपछि निसीखोला हुँदै रुकुमसम्म पुग्ने सोच बनाए । रुकुमतर्फको सडक पनि अबरुद्ध भएको खबर साथीबाट पाएपछि फेरि ढोरपाटनतिरै यात्रा तय गर्ने, बरु जहाँसम्म सडक राम्रो छ, त्यहाँ पुग्ने र फर्किने निचोड निकाले ।

    Advertisement

    सालझण्डी–ढोरपाटन कच्ची सडक हुँदै उनीहरूको यात्रा अघि बढ्यो । दुई मोटरसाइकलमा चार जना सवार थिए । सुरुमा बोबाङसम्म भए पनि पुगौँ भनेर बुर्तिबाङबाट हिँडेका कृष्णले सुनाए ।

    “बोबाङसम्म पुग्दा सडक ठिकै लागेपछि अझै अघि जाऔँ भन्ने लाग्यो” उनले भने– “साँझ ५ बजेतिर हामी लाकुँरीबोट भन्ने ठाउँमा पुग्यौँ ।”
    लाँकुरीबाट ढोरपाटन नगरपालिका–९ मा पर्छ । उनीहरू त्यहाँ पुग्दानपुग्दै पानी पर्न थाल्यो । वर्षा रोकिने छाँटकाँट नदेखिएपछि गाउँलेको होटलमा ओत लागे ।

    “फल्लेघरसम्म पुगेर बास बसौँ, त्यहाँबाट हिँडेरै भए पनि ढोरपाटन पुगिन्छ भन्ने सोचेका थियौँ तर होटल पनि नयाँ र केही व्यवस्थित लागेपछि लाकुँरीबोटमै बसियो” कृष्णले भने ।

    उनीहरूले होटलको उपल्लो तलामा कोठा लिए । त्यतिञ्जेलसम्म पनि वर्षा रोकिएको थिएन । नौलो ठाउँमा पुग्दा नयाँ परिकार खाऔँ न भनेर होटलको भान्सामा ढिँडो बनाउन लगाएको कृष्णले बताए ।

    “हामी खाना खान तल झर्दैँ थियौँ, त्यतिबेला होटलभित्र भल पसिसकेको रहेछ” उनले भने– “नजिकै खोला भएकाले थप जोखिम हुने हो कि भनेर होटल सञ्चालक र छिमेकीसहित बाहिरको अवस्था हेर्न निस्कियौँ ।”

    भुजिखोलाको बहावले होटलदेखि अलि माथि रहेको झोलुङ्गेपुल छुन लागिसकेको थियो । कृष्ण र उनका साथीहरूले घरमा क्षति हुन सक्ने भन्दै होटल सञ्चालकलाई बालबच्चा र सरसमान बाहिर निकालेर सुरक्षित हुन सुझाव दिए । उनीहरूले पनि होटलभन्दा माथि अग्लो ठाउँमा रहेको घरमा मोटरसाइकल राख्ने र त्यही जोगिएर बस्ने उपाय निकाले ।

    “सबैतिर अन्धकार थियो, खोला पनि ठुलो आवाजसहित बग्न थाल्यो, मानिसहरू मेरो घर बगायो भनेर बिलौना गरिरहेको सुनिन्थ्यो” कृष्णले भने– “हामी हतारहतार होटलबाट निस्कन लागेका थियौँ, साथी नवीन मोटरसाइकलमा थोरै अघि गयो, मैले पनि मोटरसाइकल स्टार्ट गर्दै थिएँ, त्यतिकैका बाढी आइहाल्यो ।”

    कृष्णले मोटरसाइकल त्यहीँ छाडेर आफू बारीको कान्लो उक्लेर माथितिर भागेको बताए । दिलु र इन्द्र पनि ज्यान जोगाउन सुरक्षित ठाउँतिर लागे । एक घण्टापछि बल्ल कृष्ण, दिलु र इन्द्रको भेट भयो । नवीन भने सम्पर्कमा आएनन् ।

    “पाँच सेकेन्डले बाँच्यौँ, नत्र हामीलाई पनि बाढीले बगाउने थियो” कृष्णले भने ।

    मोटरसाइकलबाट सुरक्षित स्थलतर्फ जान लाग्दा नवीन भने बाढीमा बेपत्ता भएछन् । मोटरसाइकलसमेत भेटिएको छैन । साथी हराएपछि रातभर खोजीमा भौँतारिएको कृष्णले सुनाए ।

    “हामी तीन जना त बल्ल बल्ल बाँच्यौँ तर बाँचेको सार पनि नभएजस्तो लागेको छ, सँगै गएको साथी सम्पर्कमा नआउँदा हामी दुःखी छौँ” उनले भने ।

    बाढीले कृष्णको मोटरसाइकल पनि बगाएको छ । राति करिब ११ बजेतिर बाढी बस्तीतिर पसेको कृष्णले बताए । उनले कल्पना नगरेको घटना आँखा अघिल्तिर भएको उल्लेख गरे ।

    “पहिलो पटक गएका थियौँ, भूगोल कस्तो छ, थाहा थिएन, माथि जाऔँ भिर, तल खोला, ज्यान जोगाउन पनि कठिन भयो” उनले भने ।

    नवीन बाढीमा बेपत्ता भएको खबर पाएलगत्तै खोजी र उद्धारका लागि गल्कोटबाट वडाध्यक्षसहितको टोली घटनास्थल पुगेको छ । सकुशल रहेका तीन जनालाई उद्धार गरी बुर्तिबाङमा राखिएको गल्कोट नगरपालिका–३ का वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए । बेपत्ता नवीनको खोजी कार्य चलिरहेको उनको भनाइ छ ।

    नवीन गल्कोट नगरपालिका–४ र अन्य तीन जना वडा नं. ३ का हुन् । उनीहरू बसेको लाँकुरीबोटको होटलमा पनि बाढीले क्षति पुर्याएको छ । वस्तुभाउ बगाएको छ । मानिस भने भागेर बाच्न सफल भएका छन् । त्यहाँका दर्जन बढी घर बाढीले क्षतिग्रस्त बनेका छन् । केही स्थानीयवासी बेपत्ता छन् । बाढीपहिराले ढोरपाटन नगरपालिका–९ लाँकुरीबोट, सुप्राङ, भुसुण्डे, फल्लेघर, दुनेपधेरालगायतका बस्तीमा ठुलो जनधनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म बाढीमा ज्यान गुमाएका १४ जनाको शव फेला परेको छ भने बेपत्ताको सङ्ख्या यकिन हुन सकेको छैन ।

    बेपत्ताको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । बाढीले विद्यालय, सडक, झोलुङ्गेपुल, लघुजलविद्युत, खानेपानी आयोजनालगायतका भौतिक संरचनामा ठुलो क्षति पु¥याएको छ । बाढीग्रस्त क्षेत्रका मानिस राहत र पुनःस्थापनाको पर्खाइमा छन् । (रासस)

    शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.