• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बढ्न थाले मानसिक रोगी


  •   मङ्गलबार, भदौ १६, २०७७ मा प्रकाशित
  • सञ्चिता घिमिरे, काठमाडौं ।
    देशभर कोभिड–१९ को संक्रमणसँगै पहिलेदेखि मानसिक रोगको औषधि खाइरहेकालाई रोग बल्झन थालेको छ भने र कतिपय नयाँ बिरामीसमेत थपिन थालेका छन् ।विश्वव्यापीरुपमा फैलिएको कोभिडका कारण एन्जाएटी (छटपटी), स्टेस डिसअर्डरलगायत मानसिक समस्या बढेको छ । बालबालिकामा झिँझो मान्ने, जुनसुकै समयमा इन्टरनेट प्रयोग गर्न नपाउँदा लतको समस्या देखिएको छ । धेरैमा मानसिक समस्या बढ्दै गए पनि यातायातको अभावका कारण धेरै अस्पतालसम्म आउन नसकेको हुनसक्ने पाटनस्थित मानसिक अस्पतालका जनाएको छ ।

    Advertisement

    कोभिड–१९ भनेको के हो र यसको असर कतिसम्म हुन्छ भन्ने विषयमा सञ्चारमाध्यममा फरकफरक कुरा आइरहँदा नागरिकमा अन्योल छाएको अस्पतालमा प्रमुख कन्सल्टेन्ट साइक्याटिक्स डा अनन्तप्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार नेपाल सरकारले औपचारिक रुपमा संक्रमितको संख्या बढीरहेकाले सर्तक रहन भनिरहेको छ । कतिपय विज्ञले भने यो रोग भनेको केही होइन भन्ने किसिमका धारणा राख्दा धेरै व्यक्तिमा अन्योल भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘मानिसलाई दिगभ्रमित हुँदा समस्या अझै बढीरहेको छ ।’

    मानसिक रोगको केन्दीय अस्पतालका रुपमा यस अस्पतालमा बिरामीहरु काठमाडौं उपत्यका मात्रै नभएर अन्य जिल्लाबाट आउने गरेको भए पनि जारी निषेधाज्ञाका कारण अहिले ‘फलो अप’ का लागि आउन सकेका छैनन् । समयमा अस्पताल आउन नसकेका र औषधि नपाएका व्यक्तिलाई रोग बल्झने खतरा भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो,‘अस्पताल आउन नसक्दा नयाँ व्यक्तिमा रोग देखिने र पुरानालाई बल्झने दुवै जोखिम छ ।’

    मानसिक रोगको जोखिम सबै वर्ग, उमेर र समूहमा रहको डा. अधिकारीले बताउनुभयो । खासगरी पहिलेदेखि नै मानसिक रोग भएकाले अहिले औषधि खाइरहेका व्यक्ति, सहने शक्ति कम भएका व्यक्ति र मादक पदार्थको बढी प्रयोग गर्ने व्यक्ति बढी जोखिममा हुने उहाँको भनाइ छ । बालबालिकामा पनि मानसिक रोगको जोखिम रहेको पाइन्छ । विद्यालय बन्द भएका कारण लामो समयदेखि घर बसीरहेकाले उनीहरुमा इन्टरनेटको बढी प्रयोग गर्ने र नपाउँदा झर्कने गरेका छन् । उहाँले भन्नुभयो, ‘कतिपय बालबालिकामा टाउको दुख्ने, निद्रा गडबढ हुने समस्या पनि पाइएको छ ।’

    मानसिक रोग लाग्ने विभिन्न कारणमध्ये वातावरणीय प्रभाव पनि एक हो । कोभिड–१९ का कारण हुने समस्यालाई यसै किसिमको समस्या मानिन्छ । अझै पनि मानसिक स्वास्थ्यलाई सबै क्षेत्रले कम प्राथमिकतामा राखेको पाइन्छ । केही प्रदेशमा मात्रै सामाजिक विकास मन्त्रालयले मनोचिकित्सक चाहिन्छ भन्ने बुझेको पाइन्छ । देशभरमा नै मनोचिकित्सक जम्मा २०० भन्दा कम भएकाले तल्लो तहसम्म पुग्न कठी भएको उहाँको भनाइ छ ।

    कतिपय स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अधिकृतलाई मानसिक रोगसम्बन्धी आधारभूत तालिम दिएमा मुख्य समस्या पहिचान हुनसक्ने उहाँको भनाइ छ । अबको केही समयसम्म सङ्क्रमणको जोखिम भएकाले त्यसरी मात्रै स्थानीय स्तरसम्म उपचार सम्भव भएको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थामा बिरामी काठमाडौँसम्म आउन कठीन भएकाले त्यहीका स्वास्थ्य संस्थामार्फत सेवा दिनुपर्छ ।’

    कोभिडको सङ्क्रमण अझै लामो समयसम्म जानसक्ने भएकाले मानसिक रोगको उपचारका लागि विकल्पका बारेमा सोच्न जरुरी छ । टेलिमेडिसिन वा कार्यरत मेडिकल अधिकृतलाई दिइने तालिम बिकल्प हुनसक्ने डा. अधिकारीको भनाइ छ । अस्पतालले अहिले बिरामी वा उनीहरुका आफन्तले टेलिफोन गर्दा सुझाव दिइरहेका छन् । मानसिक रोगको औषधि मनोचिकित्सकको पूर्जा नभइ नदिने भएकाले आफूले टेलिफोनबाट पनि समन्वय गरिरहेको उहाँले बताउनुभयो । सम्पर्कमा आएका बिरामीलाई यसो गर्नुहोस् भनेपनि सम्पर्कमा नआउने धेरै भएको उहाँले बताउनुभयो ।

    कतिपय बिरामी र उनीहरुको आफन्तले मानसिक रोगको यस अघि खाँदै आएको औषधि सकिएको र औषधि पसलमा नपाइएको बताउने गरेका छन् । यसको औषधि धेरै जिल्ला जिल्लामा पुग्न नसकेका कारण धेरैको औषधि छुटेर समस्या थपिएको हुनसक्छ । अस्पतालले सबै किसिमका सेवा भने जारी राखेको छ ।

    मङ्गलबार, भदौ १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.