• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भर्चुअल तेक्वान्दोमा मूलपानी च्याम्पियन


  •   सोमबार, भदौ १५, २०७७ मा प्रकाशित
  • काठमाडौं । मूलपानी तेक्वान्दो डोजाङ ‘प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगिता’को च्याम्पियन बनेको छ । तीन स्वर्ण, तीन रजत तथा पाँच कास्य पदकसहित मूलपानी च्याम्पियन बनेको हो । काठमाडौं जिल्ला तेक्वान्दो सङ्घद्वारा आयोजित उक्त प्रतियोगितामा एक स्वर्ण, दुई रजत र एक कास्य पदकका साथ चितवन दोस्रो तथा एक स्वर्ण, एक रजत र एक कास्य पदकका साथ कैलाली तेस्रो भएको छ । प्रतियोगितामा कूल ११ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

    Advertisement

    यस्तै प्रतियोगितामा स्युचाटार, सैनिक महाविद्यालय, विजेश्वरी मावि, नेपाल प्रहरी, नेपाली सेना र रुपन्देहीले एकएक स्वर्ण पदक प्राप्त गरेको आयोजक सङ्घका अध्यक्ष अशोक खड्काले जानकारी दिनुभयो । प्रतियोगितामा यु–१८ पुरुष एकलतर्फ १३औँ दक्षिण एशियाली खेलकुद ९साग० का कास्य पदक विजेता अस्मिन राउतले स्वर्ण जित्नुभयो । उहाँले ६ दशमलव ५३ अङ्क प्राप्त गर्नुभयो । चितवनका अब्बास खानले ५ दशमलव ९६ अङ्कका साथ रजत तथा चितवनकै सागर बरालले ५ दशमलव ८३ अङ्क र कैलालीका लक्ष्मण श्रेष्ठले ५ दशमलव ६३ अङ्क प्राप्त गर्दै कास्य पदक पाउनुभयो ।

    यस्तै यु–१८ महिला एकलतर्फ नेपाली सेनाकी रोशनी श्रेष्ठले ६ दशमलव ५० अङ्क प्राप्त गर्दै स्वर्ण जित्नुभयो । चितवनकी जैनब खातुनले ६ दशमलव २० अङ्कका साथ रजत तथा मूलपानीकी अस्मिता नगरकोटीले ६ दशमलव १३ अङ्क र सुनसरीकी सुदेशना गुरुङले ५ दशमलव ७६ अङ्क ल्याइ कास्य पदक प्राप्त गर्नुभयो ।

    यसैगरी यु–३१ पुरुष एकलतर्फ नेपाल प्रहरीका प्रेमबहादुर लिम्बूले ६ दशमलव ७३ अङ्क प्राप्त गर्दै स्वर्ण पदक जित्नुभयो । उहाँ १३ औं सागको कास्य पदकधारीसमेत हुनुहुन्छ । सागका कास्य पदकधारी नेपाली सेनाका दीपेन्द्र गुरुङले ६ दशमलव ५० अङ्कका साथ रजत तथा मूलपानीका पुष्पप्रसाद गौतम ६ दशमलव २० अङ्क र दोलखाका नोर्बु मोक्तानले ५ दशमलव ९६ अङ्कका साथ कास्य पदक प्राप्त गर्नुभयो ।

    यु–३१ महिला एकलतर्फ १३औं सागका स्वर्ण पदक विजेताद्वय निता गुरुङ र सन्जिला तिम्सिनाबीच कडा प्रतिस्पर्धा भएको थियो । सेनाकी निताले ६ दशमलव ७० अङ्कसाथ स्वर्ण तथा स्युचाटारकी सन्जिलाले ६ दशमलव ५६ अङ्कसाथ रजत प्राप्त गर्नुभयो । सो स्पर्धामा मूलपानीकी चन्दु शाहीले ६ दशमलव १६ अङ्क र दाङकी सुनिता विष्टले ५ दशमलव ४३ अङ्क ल्याइ कास्य पदक प्राप्त गर्नुभयो ।

    यसैगरी पुरुष ४१ वर्षमाथिको उमेर समूहमा मूलपानीका मधुसूदन सापकोटाले ५ दशमलव ९० अङ्क प्राप्त गर्दै स्वर्ण जित्नुभयो । कैलालीका आशिष चन्दले ५ दशमलव ६० अङ्क ल्याई रजत तथा रुपन्देहीका विकास उदयले ५ दशमलव ४६ अङ्क र गैरीगाउँका सोभितमान गिरीले ५ दशमलव ४६ अङ्क ल्याई कास्य पदक प्राप्त गर्नुभयो ।

    आयोजक सङघका अध्यक्ष खड्काका अनुसार उक्त प्रतियोगितामा १९ टोलीका १७० खेलाडीको सहभागिता थियो । प्रतियोगितामा अशोक खड्का, मीन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । (रासस)

    सोमबार, भदौ १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.