• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

निःशुल्क स्वदेश फिर्ताको व्यवस्था मिलाउन अन्तर्राष्ट्रिय नेपाली एकता समाजको माग


  •   बुधबार, भदौ १०, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले नेपाली श्रमिकहरूलाई निःशुल्क स्वदेश फिर्ताको व्यवस्था मिलाउन माग गरेको छ । २०७७ भदौ १० गते अध्यक्ष दुर्गाबहादुर केसीको हस्ताक्षरमा जारी प्रेसवक्तव्यमा यस्तो माग गरिएको छ ।

    Advertisement

    श्रमिक नेपालीका लागि निःशुल्क जहाजभाडा, क्वारेन्टाइन, पिसिआर परीक्षण, यातायात तथा खानाखर्चको मागका साथै दूतावाससहितका नेपाली कूटनीतिक नियोगको सक्रिय अभिभावकीय भूमिका र अलपत्र नेपालीलाई स्वदेश फिर्ता ल्याउन हवाइ उडानको सङ्ख्या बढाउन पनि वक्तव्यमा माग गरिएको छ ।

    वक्तव्यको पूर्ण यस्तो छ–

    नेपाल सरकारले २०७७ भदौ १५ गतेपछि विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरूलाई पुनः स्वदेश फिर्ता ल्याउने घोषणा गरेको छ । यो घोषणा सकारात्मक छ । त्यसका साथै उक्त घोषणामा केही असहज प्रावधान पनि छन् । त्यसबारे अन्तर्राष्ट्रिय नेपाली एकता समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।

    १. सरकारले विदेशबाट अलपत्र परेका जुन नेपाली श्रमिकलाई ल्याउने भनिरहेको छ, त्यसअन्तर्गत वैदेशिक रोजगारीमा गएका, अध्ययन र भ्रमणमा गएकाको अतिरिक्त कूटनीतिक नियोगका कर्मचारी, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घीय नियोगका कर्मचारी र तिनका परिवार पनि रहेका छन् । हामी खासगरी वैदेशिक रोजगारीमा गई अलपत्र परेका नेपाली श्रमिकप्रति नेपाल सरकारले विशेष दायित्व बहन गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

    २. सरकारले नियमित र चार्टर उडानमार्फत् विदेशस्थित नेपाली श्रमिकलाई पुनः स्वदेश फिर्ता ल्याउने बताइरहेको छ । त्यसमध्ये चार्टर उडानको जहाजभाडा महङ्गो हुने प्रष्टै छ । कोभिड–१९ का कारण बेरोजगार भई अलपत्र परेका विदेशस्थित नेपाली श्रमिकले चार्टर उडानको महङ्गो जहाजभाडा तिर्न नसक्ने विदितै छ । हामी यस विषयमा सरकारको ध्यान जानु आवश्यक ठान्दछौँ ।

    ३. यसरी नियमित र चार्टर उडानबाट ल्याइने नेपालीका लागि पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । यो प्रावधान सामान्य र स्वाभाविक भए पनि विदेशस्थित नेपाली श्रमिकका लागि सहज छैन । नेपाली श्रमिकको अत्यधिक घनत्व रहेका खाडी मुलुक र मलेसियामा नै पिसिआर परीक्षण सहज छैन । यस प्रकारको अवस्थामा सरकारले सम्बन्धित देशसित कूटनीतिक पहल गरेर वा सरकार आफैले कोभिड–१९ का कारण अलपत्र नेपाली श्रमिकको निःशुल्क पिसिआर परीक्षणको व्यवस्था मिलाउनुपर्ने आवश्यकता छ ।

    ४. सरकारले पिसिआर नेगेटिभ रिपोर्ट भएकालाई सिधै घर जान पाउने व्यवस्था गरे पनि अरूका लागि राजधानीका होटेलमा न्यूनतम सात दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्यता उल्लेख गरेको छ । राजधानीका होटेलको महङ्गो क्वारेन्टाइन र बसाइखर्च श्रमिक नेपालीले बेहोर्न सक्ने अवस्था छैन । त्यसकारण सरकारले अलपत्र परी फर्केका ती नेपाली श्रमिकका लागि बेग्लै निःशुल्क क्वारेन्टाइनको व्यवस्था गर्नुपर्दछ ।

    ५. हामीले पहिलेदेखि नै वैदेशिक रोजगारीमा गई अलपत्र परी स्वदेश फर्कने श्रमिकको स्वदेश फिर्ता, स्वदेशभित्रको क्वारेन्टाइन, यातायात तथा खानाखर्च वैदेशिक रोजगार कल्याणकारी कोषबाट भुक्तानी गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आएका छौँ । त्यसका अतिरिक्त मुलुकको विषम परिस्थितिमा आफ्ना नागरिकका लागि सरकारले थप खर्च बेहोर्न पनि तयार रहनुपर्दछ । त्यसअनुसार अलपत्र नेपाली श्रमिकलाई स्वदेश ल्याउँदा जहाजभाडा, क्वारेन्टाइन, पिसिआर परीक्षण, यातायात र खानाखर्चको व्यवस्था निःशुल्क गर्न सरकारसित माग गर्दछौँ ।

    ६. अहिले पनि पाँच लाखजति नेपाली श्रमिकहरू विश्वका विभिन्न देशमा अलपत्र रहेको अनौपचारिक तथ्याङ्कमाझ उनीहरूलाई स्वदेश फिर्ताका लागि सरकारले सीमित हवाइ उडानको घोषणा गरेको छ । त्यसमा दैनिक ५०० जनालाई उद्धार गर्ने भनिएको छ । आवश्यकताको तुलनामा यी हवाइ उडान अत्यन्तै कम भएको प्रष्टै छ । दैनिक ५०० जनाको हिसाबले उद्धार गर्दा लामो समयसम्म अलपत्र अवस्था रहिरहने छ । सरकारले तत्कालको ठोस आवश्यकतानुसार अहिलेभन्दा बढी सङ्ख्यामा हवाइ उडानको व्यवस्था गर्न पनि हामी आग्रह गर्दछौँ ।

    ७. कोभिड–१९ कारण विदेशस्थित नेपाली श्रमिकहरू अप्ठ्यारो परिस्थतिबाट गुज्रिरहेका बेला दूतावाससहितका विदेशस्थित नेपाली कूटनीतिक नियोगले जुन खालको अभिभावकीय भूमिका खेल्नु पर्ने हो, त्यस खालको भूमिका खेल्न सकिरहेका छैनन् । हामी अलपत्र नेपाली श्रमिकसित प्रत्यक्ष सम्पर्क हुने गरी दूतावाससहितका विदेशस्थित कूटनीतिक नियोगको प्रभावशाली अभिभावकीय भूमिका सुनिश्चित गर्न÷गराउन नेपाल सरकारसित माग गर्दछौँ ।”

    बुधबार, भदौ १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    वार्षिक एरिया सम्मेलन सम्पन्न
    बठिन्डामा मूल प्रवाहको तिजी कार्यक्रम तथा श्रद्धाञ्जली सभा
    राजपुरामा तिजी कार्यक्रमसँगै कार्यकर्ता सम्मान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.