गढ़शङ्कर (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्दको विषेश पहल एवम् सक्रियतामा पन्जाबको गढशङ्करमा नगर समिति गठन गरिएको छ ।
Advertisement
कोरोनाको महामारीको विषम परिस्थितिमा पनि सङ्गठन निर्माण गर्ने क्रममा मूल प्रवाहको पाँच सदस्यीय नगर सङ्गठन समिति गठन गरिएको हो ।
नवगठित समितिको अध्यक्षमा कृष्ण अधिकारी, सचिवमा इन्द्र मगर र कोषाध्यक्षमा कुलदिप मगर रहनुभएको छ भने सदस्यमा अर्जुन मगर र गोपाल मगर रहनुभएको छ ।