काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लगातार दोस्रो हार बेहोरेको छ ।
लगातारको हारसँगै जमैका अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ । १ खेलमा जित र २ मा हार भोगेको जमैकाको २ अंक छ । समान ३ खेल खेलेको गुयाना शीर्ष स्थानमा छ । २ खेलमा जित र १ मा हारर भोगेको गुयानाको ४ अंक छ ।
१ खेल कम खेलेको ट्रिनबागो दोस्रो र बार्बाडोस चौथो स्थानमा छन् । ३ खेल खेलेको जुक्स तेस्रो स्थानमा रहँदा समान खेलबाट कुनै जित हात पार्न नसकेको प्याट्रियट्स अंक तालिकाको पुछारमा छ ।
शनिबार राति भएको खेलमा जमैका गुयाना एमेजन वारियार्ससँग १४ रनले पराजित भएको हो। सन्दीप लामिछानेको उत्कृष्ट बलिङ गरे पनि टोलीको हार टार्न सकेनन्। गएको २ खेलमा समान १ विकेट लिएका सन्दीपले शनिबार राति २ विकेट आफ्नो नाममा लेखाएका छन् ।
सन्दीपले लिए पहिलो खेलमै विकेट