• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारत भ्रमण गर्ने टपटेन देशमध्ये नेपाली दशौँ

ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन

एमाले तयार, नेकपा अलमलमा

भीमफेदी दुर्घटनामा मृतकको सङ्ख्या १४ पुग्यो

बालेनको भारत भ्रमणमा पञ्चेश्वर आयोजना प्रमुख एजेन्डा

नासाको ठक्करबाट बाटो बदलिएको क्षुद्रग्रहमा युरोपेली यानको निगरानी

युद्धबन्दी रिहा गर्न रुस र युक्रेन तयार

भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाललाई ज्यान मार्ने धम्की, सात करोत फिरौती माग

लोकप्रिय समाचार

  • १. एमाले तयार, नेकपा अलमलमा

  • २. मूल प्रवाहका गौरवमय ४७ वर्ष

  • ३. राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

  • ४. ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

  • ५. भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

  • ६. मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश

  • ७. जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

  • ८. ‘कसैले पछि काम गर्ला’ भनेर उधारोमा एमबिबिएस कोटा दिइएको गेटा मेडिकल कलेज

  • ९. चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

  • १०. ‘संसारमा सुन्दर छ नेपाल’ विमोचन

चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान


  •   बिहिबार, कार्तिक २६, २०८३ मा प्रकाशित
  • सान्टियागो, २६ कात्तिक । चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकाका परिवारलाई सुम्पिएका दुई दाजुभाइले ४१ वर्षपछि आफ्नी जैविक आमासँग पुनर्मिलन गरेका छन् । लामो समयदेखि सन्तान वियोगको पीडा भोगिरहनुभएकी ६६ वर्षीया टेरेसिटा डे जेसस पादिलाले अन्ततः छोराहरूलाई अँगालो हाल्न पाउनुभएको हो ।

    Advertisement

    एकचालिस वर्षीय टिम रोलनिक र ३७ वर्षीय ट्राभिस मर्डोक अमेरिकामा हुर्किनुभएको थियो । आफूहरूलाई अर्को परिवारले हुर्काएको जानकारी भए पनि चिलीमा जन्म दिने आमाबाट कसरी छुट्याइएको थियो भन्ने उहाँहरूलाई थाहा थिएन ।

    रोलनिकले सन् २०२० मा डीएनए परीक्षणमार्फत आफ्नो वास्तविक परिवार चिलीमा रहेको पत्ता लगाउनुभयो । त्यसपछि आफन्त र छुट्याइएका परिवारको पुनर्मिलनमा संलग्न संस्थाहरूको सहयोगमा उहाँले आफ्ना दुई भाइ पनि अमेरिकामै रहेको जानकारी पाउनुभयो । उहाँका जुम्ल्याहा भाइ ट्राभिस र क्रिसलाई पनि चार वर्षपछि आमाबाट अलग गरी अमेरिकी दम्पतीको जिम्मा लगाइएको रहेछ ।

    तीनै दाजुभाइबीच सम्पर्क भएपछि घनिष्ठ सम्बन्ध स्थापित भयो । पहिलो सम्पर्क भएको छ वर्षपछि रोलनिक र ट्राभिसले चिली पुगेर आमालाई भेट्नुभयो । सन् २०१३ को सडक दुर्घटनामा गम्भीर घाइते हुनुभएका अर्का भाइ क्रिस भने स्वास्थ्य अवस्थाका कारण यात्रामा सहभागी हुन सक्नुभएन ।

    चिलीको न्यायिक प्रतिवेदनअनुसार पिनोचेको १७ वर्षे शासनकालमा जबर्जस्ती वा आपराधिक रूपमा बालबालिकालाई अन्य परिवारको जिम्मा लगाइएका करिब २० हजार घटना भएका थिए । नागरिक संस्था ‘नोस बुस्कामोस’ का अनुसार यसबाट प्रभावित परिवारको सङ्ख्या ५० हजारभन्दा बढी हुन सक्छ । गरिब तथा विपन्न महिलाहरू यस्तो अवैध सञ्जालको मुख्य निशानामा पर्ने गरेका थिए । त्यसमा सामाजिक कार्यकर्ता, चिकित्सक, न्यायाधीश र वकिलसमेत संलग्न रहेको संस्थाकी निर्देशक कन्स्टान्जा डेल रियोले बताउनुभएको छ ।

    पिनोचेको शासनकालमा कम्तीमा तीन हजार ९५ जनाको हत्या वा जबर्जस्ती बेपत्ता पारिएको थियो भने दशौँ हजार मानिसलाई राजनीतिक कारणले यातना दिइएको वा जेलमा राखिएको थियो ।

    पादिला बाल्यकालदेखि नै गरिबीसँग सङ्घर्ष गर्दै आउनुभएको थियो । गर्भवती भएपछि अस्पतालले आफ्ना सन्तानको राम्रो भविष्य बनाउन सहयोग गर्ने विश्वास गर्नुभएको थियो । तर अस्पतालमै उहाँका सन्तान खोसिएपछि जीवनभर वियोग सहनुपरेको थियो ।

    “धम्की र त्रास देखाएर मेरा सन्तान मबाट खोसिए । त्यसको पीडा मैले जीवनभर भोग्नुपर्‍यो”, उहाँले भन्नुभयो ।

    पुनर्मिलनपछि पादिलाले आफूले सधैँका लागि गुमाएको ठानेका छोराहरू फिर्ता पाएको बताउनुभयो । ट्राभिसले पनि विगतको पीडामा अल्झिनुभन्दा अब परिवारसँग नयाँ सम्झना बनाउँदै भविष्य अघि बढाउन चाहेको बताउनुभएको छ ।

    बिहिबार, कार्तिक २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारत भ्रमण गर्ने टपटेन देशमध्ये नेपाली दशौँ
    एमाले तयार, नेकपा अलमलमा
    भीमफेदी दुर्घटनामा मृतकको सङ्ख्या १४ पुग्यो
    बालेनको भारत भ्रमणमा पञ्चेश्वर आयोजना प्रमुख एजेन्डा
    नासाको ठक्करबाट बाटो बदलिएको क्षुद्रग्रहमा युरोपेली यानको निगरानी
    युद्धबन्दी रिहा गर्न रुस र युक्रेन तयार

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      एमाले तयार, नेकपा अलमलमा

    • २.
      मूल प्रवाहका गौरवमय ४७ वर्ष

    • ३.
      राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

    • ४.
      ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

    • ५.
      भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

    • ६.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश

    भर्खरै

    • १.
      भारत भ्रमण गर्ने टपटेन देशमध्ये नेपाली दशौँ

    • २.
      ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन

    • ३.
      एमाले तयार, नेकपा अलमलमा

    • ४.
      भीमफेदी दुर्घटनामा मृतकको सङ्ख्या १४ पुग्यो

    • ५.
      बालेनको भारत भ्रमणमा पञ्चेश्वर आयोजना प्रमुख एजेन्डा

    • ६.
      नासाको ठक्करबाट बाटो बदलिएको क्षुद्रग्रहमा युरोपेली यानको निगरानी

    • ७.
      युद्धबन्दी रिहा गर्न रुस र युक्रेन तयार

    • ८.
      भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.