खिमराज चालिसे, चन्डिगढ ।
भारतको चन्डिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर समितिले विगत चार दिनदेखि नेपालीका घरदैलोमा पुगी खेलेको प्रगतिशील देउसीभैलो कार्यक्रम समापन गरेको छ ।
नोभेम्बर ११, २०२६ को राति भैलो कार्यक्रम समापन गरिएको हो ।
चन्डिगढस्थित नेपाली जनजनको घरदैलोमा पुगी अथक परिश्रमसहित चार दिनसम्म खेलिएको देउसीभैलोको दुई टिममध्ये बी टिमका सबै साथीहरूलाई मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य दिनेश खड्काले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
मन्तव्यको क्रममा उहाँले आगामी दिनमा अझै उच्च प्रकारले सहयोग पाउने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा टिमका कोषाध्यक्ष विष्णु बेल्बासेले चार दिनको आयव्यायसहितको हिसाब प्रस्तुत गर्नुभएको थियो ।
समापन समारोहमा मूल प्रवाहका केन्द्रीय सदस्य एवम् सञ्चारकर्मी खिमराज चालिसे, सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य एवम् सांस्कृतिक विभागका केन्द्रीय सदस्य बिनु नेपाली, क्षेत्रीय संयोजक जुना भण्डारी चालिसेलगायतको आतिथ्य रहेको थियो ।
टिमका संयोजक तेजबहादुर रोकाको अध्यक्षता तथा नगर समितिका सचिव थानेश्वर पाण्डेको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।
त्यसैगरी चन्डिगढमै सञ्चालित अर्को टिम एको देउसीभैलो पनि सोही दिन समापन भएको छ ।
समारोह मूल प्रवाह केन्द्रीय परिषद् सदस्य थमन थापाले सम्बोधन गर्दै टिमलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सो अवसरमा चार दिनसम्म खेलिएको देउसीभैलोको आयव्यायको हिसाब नारायण आचार्यले प्रस्तुत गर्नुभएको थियो ।
समारोहमा क्षेत्रीय महिला समितिकी सदस्य जमुना खनाल, नगर समितिका सदस्य किसन खनाल, विद्यार्थी सङ्घ नगर समितिकिा सन्दीप विकलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रम नारायण आचार्यको सञ्चालन तथा मानबहादुर केसीको अध्यक्षता रहेको थियो ।






