• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक २५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ११ हजार नाघ्यो

जर्मन सेनामा व्यापक यौन दुव्र्यवहार भएको खुलासा

कोप–३१ मा ठुला देशका नेताको अनुपस्थित

ट्रम्पको बिबिसी विरुद्धको मुद्दा अघि बढ्ने

मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु

हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा वनमन्त्री चौधरी

बालगृहमा लगाइयो सामूहिक भाइटीका

सामूहिक रूपमा तिहार मनाउँदै सुनारटोलवासी

पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोड

लोकप्रिय समाचार

  • १. मूल प्रवाहका गौरवमय ४७ वर्ष

  • २. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ३. राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

  • ४. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ५. ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

  • ६. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

  • ७. सहकारीका समस्या समाधानको उपाय सुझाउने पुस्तक

  • ८. मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश

  • ९. जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

  • १०. ‘कसैले पछि काम गर्ला’ भनेर उधारोमा एमबिबिएस कोटा दिइएको गेटा मेडिकल कलेज

वैज्ञानिक समाजवादमा मात्रै विश्वशान्ति सम्भव


  •   बुधबार, कार्तिक २५, २०८३ मा प्रकाशित
  • युगदर्शन साप्ताहिकको सम्पादकीय

    Advertisement

    यसै वर्ष अक्टोबर २७ का दिन इजरायलमा र नोभेम्बर ३ का दिन अमेरिकामा निर्वाचन सम्पन्न भयो । यी दुबै निर्वाचनमा बेन्जामिन नेतान्याहू र डोनाल्ड ट्रम्पलाई बहुमत मिल्न सकेन । इजरायलमा नेतान्याहू एकल दलको रूपमा यथावत रहे तर उनी वा उनको गठबन्धनले सरकार गठन गर्ने गरी बहुमत हासिल गर्न सकेन । उता, अमेरिकाको निर्वाचन भने भर्खरै सरकार परिवर्तन गर्ने प्रकारको थिएन । फेरि पनि संसद्को दुबै सदनमा ट्रम्प नेतृत्वको रिपब्लिकन पार्टीले बहुमत प्राप्त गर्न सकेन । अब अमेरिकाको दुबै सदनमा प्रतिपक्षी डेमोक्रेट पार्टीको बहुमत कायम हुन पुगेको छ ।

    इजरायल र अमेरिकाको पछिल्लो जनमतको अर्थ के हो ? तथ्य स्पष्टै छ । त्यहाँका जनताले नेतान्याहू र ट्रम्पका नीतिलाई समर्थन गरेनन्, फलस्वरूप जनताले उनीहरूको सरकारलाई निरन्तरता दिन चाहेनन् । यसको अर्थ यो पनि हो– इजरायल र अमेरिकी जनताले युद्ध र त्यसको परिणामस्वरूप अपनाइएका सबै नीतिलाई अस्वीकार गरेका छन् । नेतान्याहू र ट्रम्पले पछिल्लो समयमा इरान, युक्रेन र प्यालेस्टाइन युद्धको सन्दर्भमा जुन नीति अपनाएका थिए, त्यसले ती दुबै देशमा चरम असन्तोष उत्पन्न भएको थियो । त्यहाँ महँगी, मुद्रास्फीति, बेरोजगारी, विदेशी ऋण चुलिएर गएको थियो । ट्रम्पको आप्रवासनसम्बन्धी नीतिको चौतर्फी विरोध भइरहेको थियो । यता, नेतान्याहूले प्यालेस्टाइनमा युद्ध अपराध मच्चाइरहेका थिए । उनले प्यालेस्टाइनको वंशनाश नै गर्न चाहेका थिए ।

    कुनै समयमा हिटलरका प्रचारमन्त्री गोयल्बस भन्ने गर्थे– ‘झुट कुरा पनि पटकपटक दोहोर्‍याउने हो भने त्यो सत्य हुन्छ ।’ अमेरिका र इजरायलले पछिल्लो समय त्यही गरिरहेका थिए तर त्यहाँका जनताले नेतान्याहू र ट्रम्पका ती गोयल्बसीय दाबीलाई अस्वीकार गरेका छन् । उनीहरूले युद्धको विकल्पमा शान्तिको पक्ष लिएका छन्, यद्यपि अहिले इजरायल र अमेरिकामा जुन राजनीतिक शक्ति विकल्पमा आएका छन्, ती पनि जनपक्षीय छैनन् । ती शक्तिको सत्तारोहणका बाबजुद इजरायल र अमेरिकी जनताको जनजीवनमा आमूल परिवर्तन आउने छैन, न त उनीहरूको युद्ध र अन्तर्राष्ट्रिय नीतिमा फरक आउनेछ । त्यसका बाबजुद यी देशमा नेतान्याहू र ट्रम्पको निरन्तरतालाई जनताले अस्वीकार गरेको बुझ्न कठिनाइ छैन । जनताले बढी खराबमध्ये कम खराब विकल्प रोजेको देखिन्छ । यसको अर्थ हो– यदि त्यहाँ अहिलेका सत्तापक्ष र प्रतिपक्षको विकल्पमा अन्य भरपर्दो शक्ति जनतासामु प्रस्तुत हुन्छन् भने त्यहाँको राजनीतिक शक्तिसन्तुलन फेरिनेछ । त्यसपछि मात्रै त्यहाँका जनताको जनजीवन फेरिनेछ, त्यससँगै इजरायल र अमेरिकाको विदेशनीति र युद्धनीतिमा भिन्नता देखिनेछ र विश्वशान्तिको पक्षमा वातावरण तयार हुनेछ ।

    साम्राज्यवादी शक्तिहरूले आफ्ना विरोधीको सरकार भएका देशमा लोकतन्त्र, मानवअधिकार, स्वतन्त्रता, जनजीविका र विकासबारे असन्तुष्टि व्यक्त गर्दै आएका छन् तर उनीहरूको आफ्नै देशमा अवस्था के छ ? इजरायल र अमेरिकामा पछिल्लो चुनावले देखाइसकेको छ । अहिले युरोपका विभिन्न देशमा युवाविद्यार्थी र मजदुर स्वत:स्फूर्त प्रकारले जसरी सडकमा आएका छन्, त्यसबाट विकसित भनिएका नयाँ साम्राज्यवादी देशको अवस्था के रहेछ भन्ने स्पष्ट हुन्छ । यसबाट यो पनि स्पष्ट हुन्छ– विश्वव्यवस्थाको रूपमा पुँजीवाद वा साम्राज्यवाद अहिलेको विकल्प होइन, यसको सही विकल्प वैज्ञानिक समाजवाद हो । व्यक्तिगत सम्पत्ति र पुँजीको सत्ता ध्वस्त नपारीकन विश्वका शोषितउत्पीडित जनताको जनजीवनमा आमूल परिवर्तन आउने छैन । साम्राज्यवादले व्यक्तिगत सम्पत्तिको लागि नाफामा वृद्धि र पुँजीको निर्माण तथा त्यही पुँजीको शासनको निरन्तरताका लागि विश्वभरि युद्धलाई निरन्तरता दिइरहेछ । त्यसका विरुद्ध विश्वव्यापी सङ्घर्ष अहिलेको आवश्यकता हो । त्यसैले साम्राज्यवादको सत्ताको निरन्तरता होइन, वैज्ञानिक समाजवादको स्थापनापछि मात्रै लोकतन्त्र, मानवअधिकार, स्वतन्त्रता, जनजीविका र विकासको ग्यारेन्टी हुन सक्नेछ र विश्वशान्ति पनि ।

    (युगदर्शन साप्ताहिक, वर्ष १८, अङ्क १०, २०८३ कात्तिक २५ गते बुधबारको सम्पादकीय)

    बुधबार, कार्तिक २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सामूहिक रूपमा तिहार मनाउँदै सुनारटोलवासी
    पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोड
    हिसारमा मूल प्रवाहको प्रगतिशील देउसीभैलो सम्पन्न
    आजदेखि कोशी प्रदेश बहुभाषिक, कात्तिक २५ गते भाषा दिवस
    हुस्सुका कारण ८६ गाडी ठोक्किँदा १२ जनाको मृत्यु
    दुई वर्षमा सक्नुपर्ने बागलुङको हरिचौर–मल्म–पाण्डवखानी चार वर्षमा पनि बनेन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाहका गौरवमय ४७ वर्ष

    • २.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

    • ४.
      भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

    • ५.
      ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

    • ६.
      आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

    भर्खरै

    • १.
      कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ११ हजार नाघ्यो

    • २.
      जर्मन सेनामा व्यापक यौन दुव्र्यवहार भएको खुलासा

    • ३.
      कोप–३१ मा ठुला देशका नेताको अनुपस्थित

    • ४.
      ट्रम्पको बिबिसी विरुद्धको मुद्दा अघि बढ्ने

    • ५.
      मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु

    • ६.
      हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा वनमन्त्री चौधरी

    • ७.
      बालगृहमा लगाइयो सामूहिक भाइटीका

    • ८.
      सामूहिक रूपमा तिहार मनाउँदै सुनारटोलवासी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.