खिमराज चालिसे, चन्डिगढ ।
हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रीय सदस्य तथा सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष तारा सोमरेको प्रमुख आतिथ्यमा नोभेम्बर ११, २०२६ का दिन भैलो सम्पन्न भएको हो ।
मैनबत्ती बालेर करतल ध्वनिमाझ भैलो उद्घाटन गरेपछि मन्तव्य राख्दै सोमरेले भारतमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको महत्त्वबारे सङ्क्षिप्तमा आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय परिषद सदस्य नारायण विक, क्षेत्रीय समितिका सदस्यहरू सुरेश क्षेत्री र लालबहादुर चुँदाली, महिला क्षेत्रीय समितिकी सदस्यहरू सेती राना र चन्द्रा सोमरे, विद्यार्थी सङ्घकी रक्षा सोमरे र लक्ष्मी रास्कोटी, अखिल नेपाल महिला सङ्घकी सदस्य निरू सारू, सांस्कृतिक विभाग क्षेत्रीय समितिका योगेन्द्र दर्लामी, नगर संयोजक दीपा लम्तरी, जनसम्पर्क समितिका विष्ण्ॉ अर्यालको आतिथ्य रहेको थियो ।
कमला बगालेको सञ्चालन तथा नन्दबहादुर लम्तरीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई चन्द्रप्रकाश गैरे र कलाकारहरूले स्वागत गर्नुभएको थियो ।






