• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक २५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ११ हजार नाघ्यो

जर्मन सेनामा व्यापक यौन दुव्र्यवहार भएको खुलासा

कोप–३१ मा ठुला देशका नेताको अनुपस्थित

ट्रम्पको बिबिसी विरुद्धको मुद्दा अघि बढ्ने

मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु

हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा वनमन्त्री चौधरी

बालगृहमा लगाइयो सामूहिक भाइटीका

सामूहिक रूपमा तिहार मनाउँदै सुनारटोलवासी

पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोड

लोकप्रिय समाचार

  • १. मूल प्रवाहका गौरवमय ४७ वर्ष

  • २. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ३. राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

  • ४. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ५. ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

  • ६. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

  • ७. सहकारीका समस्या समाधानको उपाय सुझाउने पुस्तक

  • ८. मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश

  • ९. जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

  • १०. ‘कसैले पछि काम गर्ला’ भनेर उधारोमा एमबिबिएस कोटा दिइएको गेटा मेडिकल कलेज

दुई वर्षमा सक्नुपर्ने बागलुङको हरिचौर–मल्म–पाण्डवखानी चार वर्षमा पनि बनेन


  •   बुधबार, कार्तिक २५, २०८३ मा प्रकाशित
  • बागलुङबजार । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको बागलुङको हरिचौर–मल्म–पाण्डवखानी सडक चार वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । आठ किलोमिटर लामो सडकको भौतिक प्रगति हालसम्म ८० प्रतिशत मात्र पुगेको छ ।

    Advertisement

    ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ कार्यक्रमअन्तर्गत निर्माण भइरहेको उक्त सडक चार वर्षपछि बल्ल कालोपत्रको तयारीमा पुगेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

    निर्माण व्यवसायीले अहिले कालोपत्र गर्नुअघि बेस बिच्छ्याउने काम गरिरहेको कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिए ।

    २०७९ भदौमा रु २५ करोड २० लाखमा निर्माण सम्झौता भएको सडक २०८१ साल भदौभित्र सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने थियो तर निर्धारित समयमा काम सम्पन्न नभएपछि दुईपटक म्याद थप गरिएको छ । दोस्रोपटक थपिएको म्याद आगामी मङ्सिरमा सकिँदैछ ।

    निर्धारित समयभित्रै काम सम्पन्न हुनेमा अझै आशङ्का रहेको स्थानीयको भनाइ छ । समयमै सडक निर्माण नहुँदा स्थानीयवासी लामो समयसम्म धुलाम्मे सडकमा आवतजावत गर्न बाध्य भएका थिए ।

    निरन्तरको खबरदारी र स्थानीयको जनगुनासोपछि पछिल्लो समय निर्माणले गति लिएको गलकोट नगरपालिका–७ मल्मका वडाध्यक्ष राजबहादुर थापाले बताए ।

    सडक डिभिजन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सागर भण्डारीका अनुसार समयमै काम सम्पन्न नभएपछि दोस्रोपटक म्याद थप गरी निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिएको थियो । त्यसपछि निर्माण व्यवसायी काममा फर्किएर अहिले बेस बिच्छ्याउने र सडक सम्याउने काम गरिरहेको उनले जानकारी दिए ।

    सडक निर्माणको ठेक्का वल्र्डवाइड/लोपूर्ण जेभीले पाएको थियो । निर्माणमा ढिलाइ भएपछि स्थानीयवासीले गत कात्तिकमा निर्माण व्यवसायीविरुद्ध आन्दोलनसमेत गरेका थिए । (रासस)

    बुधबार, कार्तिक २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु
    हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा वनमन्त्री चौधरी
    बालगृहमा लगाइयो सामूहिक भाइटीका
    सामूहिक रूपमा तिहार मनाउँदै सुनारटोलवासी
    पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोड
    हिसारमा मूल प्रवाहको प्रगतिशील देउसीभैलो सम्पन्न

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाहका गौरवमय ४७ वर्ष

    • २.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

    • ४.
      भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

    • ५.
      ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

    • ६.
      आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

    भर्खरै

    • १.
      कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ११ हजार नाघ्यो

    • २.
      जर्मन सेनामा व्यापक यौन दुव्र्यवहार भएको खुलासा

    • ३.
      कोप–३१ मा ठुला देशका नेताको अनुपस्थित

    • ४.
      ट्रम्पको बिबिसी विरुद्धको मुद्दा अघि बढ्ने

    • ५.
      मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु

    • ६.
      हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा वनमन्त्री चौधरी

    • ७.
      बालगृहमा लगाइयो सामूहिक भाइटीका

    • ८.
      सामूहिक रूपमा तिहार मनाउँदै सुनारटोलवासी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.