• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

एनपिएलले आइसिसीको मान्यता विश्वसनीयता बढेको दाबी

किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

एलनिनो जोखिमले मेडागास्करमा भोकमरीको चिन्ता

अफगानिस्तानमा कुपोषण सङ्कट चर्कियो

हुथी विरुद्ध इजरायली सहयोग लिन ट्रम्पको आग्रह

ट्रम्पकी प्रेससचिव एक सातामै पदमुक्त

मेक्सिकोको तटमा १६ जनाको उद्धार, ११ जना बेपत्ता

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. रोपडमा कलाकार सम्मान तथा सापकोटा दम्पतीको मूल प्रवाहबाट बिदाइ समारोह सम्पन्न

  • ४. रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

  • ५. भीषण बाढीका कारण पाकेको धानबाली नष्ट

  • ६. सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

  • ७. बूढीगण्डकीको बाढीले चार जलविद्युत् आयोजनामा क्षति

  • ८. बुढीगण्डकी बाढीले दिएको चेतावनी

  • ९. उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

  • १०. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

बजेट कटौतीबारे इयू सदस्य राष्ट्रबिच असहमति


  •   शनिबार, असोज ३१, २०८३ मा प्रकाशित
  • ब्रसेल्स । युरोपेली सङ्घ (इयू) को दुईदिने शिखर सम्मेलन आगामी दीर्घकालीन बजेटबारे ठोस सहमति जुटाउन नसकी शुक्रबार सम्पन्न भएको छ ।

    Advertisement

    बढ्दो सुरक्षा खर्च, ऊर्जा लागतमा भएको वृद्धि र सदस्य राष्ट्रबिचको मतभेदले युरोपका महŒवाकाङ्क्षी योजनालाई कार्यान्वयन गर्न कठिनाइ उत्पन्न गरेको छ ।

    ब्रसेल्समा सम्पन्न सम्मेलनमा मुख्यत: दीर्घकालीन बजेटमा सहमति जुटाउने चुनौती, सुरक्षा खर्चमा वृद्धि तथा अमेरिकासँगको तनाव र ऊर्जा सङ्कटले युरोपेली अर्थतन्त्रमा पारेको प्रभावबारे छलफल भएको थियो ।

    दीर्घकालीन बजेटमा मतभेद

    युरोपेली आयोगले सन् २०२८ देखि २०३४ सम्मका लागि करिब दुई ट्रिलियन युरो (२.२४ ट्रिलियन अमेरिकी डलर) बराबरको बजेट प्रस्ताव गरेको छ । उक्त बजेटमार्फत प्रतिस्पर्धात्मक क्षमता, रक्षा र प्रविधिमा लगानी बढाउने लक्ष्य राखिएको छ ।

    आयरल्यान्डको अध्यक्षतामा प्रस्तुत पछिल्लो समझदारी प्रस्तावले आयोगको योजनाबाट करिब १४१ अर्ब युरो कटौती गर्ने सुझाव दिएको छ तर उक्त प्रस्तावप्रति सदस्य राष्ट्रबिच असहमति देखिएको छ ।

    युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले प्रस्तावित कटौतीले बजेटको लचकता आधा घटाउने र ९९.५ प्रतिशत रकम पहिल्यै निर्धारित हुने बताए । उनले यस प्रस्तावले सङ्घलाई सीमित दायराभित्र बाँध्ने चिन्ता व्यक्त गरे ।

    ब्रसेल्सस्थित ब्रुगेल थिङ्क ट्याङ्कका अनुसार जर्मनीको नेतृत्वमा रहेका छ वित्तीय अनुशासनका पक्षधर देशले सानो बजेटको समर्थन गरेका छन् । यता, इटाली र स्पेनसहितका १७ देशले कृषि अनुदान तथा क्षेत्रीय विकासका लागि छुट्याइने रकम संरक्षण गर्नुपर्ने धारणा राखेका छन् ।

    युरोपेली नीति केन्द्रका प्रमुख फाबियन जुलेगले राष्ट्रिय बजेटबाट मात्र युरोपको बढ्दो लगानी आवश्यकता पूरा गर्न कठिन हुने भन्दै साझा ऋणलगायत नयाँ वित्तीय उपाय अपनाउनुपर्ने बताए ।

    बढ्दो सुरक्षा खर्च र अमेरिकासँगको मतभेद

    युक्रेन युद्धका कारण युरोपको सुरक्षा खर्चसम्बन्धी चुनौती थप जटिल बनेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२७ मा युद्धका लागि १५५ अर्ब युरो आवश्यक पर्ने बताउँदै थप ७० अर्ब युरो सहयोगको माग गरेका छन् ।

    इयूले सन् २०२६–२७ का लागि युक्रेनलाई ९० अर्ब युरो ऋण उपलब्ध गराउने सहमति गरिसकेको छ यद्यपि थप वित्तीय आवश्यकताबारे मूल्याङ्कन जारी छ ।

    रुसमाथिको प्रतिबन्ध अस्थायी रूपमा खुकुलो पार्दै रुसी डिजेलको आपूर्तिमा लगाइएको प्रतिबन्ध हटाउने अमेरिकी निर्णयप्रति इयूले असन्तुष्टि जनाएको छ । त्यस्तै, अमेरिकाको नियन्त्रणमा रहेको स्टारलिङ्कको उपग्रह सञ्चार सेवामा लगाइएका प्रतिबन्धले युक्रेनी सैन्य गतिविधिमा अवरोध उत्पन्न गरेको विषयले युरोपको सुरक्षा निर्भरता उजागर गरेको छ ।

    इयूकी विदेश नीति प्रमुख काजा कलासले युक्रेनका लागि स्टारलिङ्क सेवा अत्यावश्यक रहेको र तत्काल युरोपले यसको विकल्प दिन नसक्ने बताए ।

    ऊर्जा सङ्कट र जलवायु नीतिमा विवाद

    ऊर्जाको बढ्दो लागतले पनि युरोपेली सङ्घमाथि आर्थिक दबाब बढाएको छ । आयोगकी अध्यक्ष भोन डेर लेयेनका अनुसार मध्यपूर्वको द्वन्द्वका कारण इयूको जीवाश्म इन्धन आयात खर्चमा १०६ अर्ब युरो थपिएको छ ।

    यसैबिच, अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले आगामी चार महिनामा बजारमा थप १० करोड ब्यारेल तेल उपलब्ध गराउने योजना अघि बढाएको छ । युरोपेली आयोगले ऊर्जा धेरै खपत गर्ने उद्योगलाई अस्थायी सहयोग उपलब्ध गराउने तथा प्रशोधन क्षमता सुधार्ने उपायमा पनि काम गरिरहेको छ ।

    जलवायु नीतिमा पनि सदस्य राष्ट्रबिच मतभेद देखिएको छ । इटाली, ग्रिस र भिसेग्राद समूहका चार देशले उत्सर्जन व्यापार प्रणालीको दोस्रो चरण (ईटीएस–२) सन् २०३० सम्म स्थगित गर्नुपर्ने माग गरेका छन् तर नर्डिक देशहरूले यसले दीर्घकालीन जलवायु लक्ष्य र लगानीमा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै विरोध गरेका छन् ।

    सम्मेलनले उक्त प्रणाली स्थगित गर्ने विषयमा सहमति जुटाउन सकेन । नेताहरूले यसको संरचना, प्रभाव र सुरक्षात्मक व्यवस्थाबारे थप मूल्याङ्कन गर्न निर्देशन दिएका छन् ।

    बढ्दो आर्थिक दबाब र राष्ट्रिय स्वार्थबिच साझा नीति कार्यान्वयन गर्न कठिनाइ भइरहेको अवस्थामा युरोपेली नेताहरूका लागि साझा लक्ष्य निर्धारण गर्नुभन्दा त्यसको लागत कसले बेहोर्ने भन्ने विषयमा सहमति जुटाउनु अझ चुनौतीपूर्ण बनेको छ । (रासस/सिन्ह्वा)

    शनिबार, असोज ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एलनिनो जोखिमले मेडागास्करमा भोकमरीको चिन्ता
    अफगानिस्तानमा कुपोषण सङ्कट चर्कियो
    हुथी विरुद्ध इजरायली सहयोग लिन ट्रम्पको आग्रह
    ट्रम्पकी प्रेससचिव एक सातामै पदमुक्त
    मेक्सिकोको तटमा १६ जनाको उद्धार, ११ जना बेपत्ता
    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      रोपडमा कलाकार सम्मान तथा सापकोटा दम्पतीको मूल प्रवाहबाट बिदाइ समारोह सम्पन्न

    • ४.
      रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

    • ५.
      भीषण बाढीका कारण पाकेको धानबाली नष्ट

    • ६.
      सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    भर्खरै

    • १.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    • २.
      एनपिएलले आइसिसीको मान्यता विश्वसनीयता बढेको दाबी

    • ३.
      किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

    • ४.
      एलनिनो जोखिमले मेडागास्करमा भोकमरीको चिन्ता

    • ५.
      अफगानिस्तानमा कुपोषण सङ्कट चर्कियो

    • ६.
      हुथी विरुद्ध इजरायली सहयोग लिन ट्रम्पको आग्रह

    • ७.
      ट्रम्पकी प्रेससचिव एक सातामै पदमुक्त

    • ८.
      मेक्सिकोको तटमा १६ जनाको उद्धार, ११ जना बेपत्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.