• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

अमेरिकाले मिसाइल रोकेको जेलेन्स्कीको आरोप

मङ्गलको चन्द्रमाबाट नमुना ल्याउन जापानको अभियान

अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा हुने

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो

चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते

जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश

मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु

सुनखानी भत्किँदा १४ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. बुढीगण्डकी बाढीले दिएको चेतावनी

  • ४. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

  • ५. मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

  • ६. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ७. निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड

  • ८. महँगो दशैं, खर्चिलो बजार

  • ९. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • १०. यस्ता छन् शुक्रबार सम्पन्न मन्त्रिपरिषद्का १३ निर्णय

जापानी आख्यान ‘इजुकी नर्तकी’ नेपालीमा


  •   बिहिबार, असोज २९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेपाल–जापान दौत्य सम्बन्धको सत्तरिऔँ वार्षिकोत्सवका अवसरमा नोबेल पुरस्कार विजेता जापानी साहित्यकार यासुनारी कावाबाताको आख्यानकृति ‘इजुकी नर्तकी’ को नेपालीमा अनुवादित पुस्तक लोकार्पण गरिएको छ ।

    Advertisement

    नेपाल वाङ्मय फाउन्डेसन र नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अरुणा वैद्यले अनुवादन गर्नुभएको उक्त कृति लोकार्पण गरिएको हो ।

    नेपालका लागि जापानी राजदुत तोरु माएदाले उक्त कृति लोकार्पण गर्दै नेपाल र जापानबिच जनस्तरमा ऐतिहासिक प्रगाढ सम्बन्ध रहेको बताए ।

    प्रतिष्ठानका कुलपति कुमार नगरकोटीले नेपाल र जापानका साहित्यलाई एकअर्का देशमा प्रोत्साहन गर्न सरकारीस्तरमै सहमति कायम गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

    पूर्वमन्त्री एवम् फाउन्डेसनका विशिष्ट सल्लाहकार शङ्करप्रसाद कोइरालाले जापान भाषा साहित्यमा समृद्ध रहेको जनाउँदै नेपाली बजारमा जापानी कृतिको उपस्थित बढाउँदै लैजानुपर्ने आवश्यकतामा जोड दिए ।

    जापानका लागि पूर्वरादूत डा मदनकुमार भट्टराईले नेपाल र जापानको कूटनीति सम्बन्ध विस्तार भएको ७० वर्ष भए पनि सामाजिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध भने एक सय २७ वर्षदेखि प्रारम्भ भएको बताए ।

    फाउन्डेसनका प्रमुख संरक्षक उमेश श्रेष्ठले नेपाले जापानको शिष्टाचार र साहित्यशैली अध्ययन गर्न आवश्यक रहेको हुँदा अनुवादित कृतिले त्यसमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

    विश्वभाषा क्याम्पसका जापानी भाषा विभाग प्रमुख योसिहारु कामिसुराले जापानी साहित्य अनुवाद नेपालमा थोरै रहेका अवस्थामा आख्यान कृति ‘इजुकी नर्तकी’ ले जापानी साहित्य बुझ्न चाहने पाठकलाई सान्दर्भिक पाठ्य सामग्री हुन सक्ने धारणा राखे ।

    अनुवादक वैद्यले चारोटा कथा समेटिएको इजुकी नर्तकी आख्यान नेपाली अनुवादमा जापानी साहित्यको मर्म जीवित राखेको प्रष्ट पारे ।

    बिहिबार, असोज २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
    जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो
    चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते
    अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक सञ्चालनमा
    चितवनबाट तीन हजार बढी मतदाताको नाम सूचीबाट हट्यो
    विष्णुकुमारी तिवारीको स्मृतिमा राजमोको श्रद्धाञ्जली सभा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      बुढीगण्डकी बाढीले दिएको चेतावनी

    • ४.
      खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

    • ५.
      मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

    • ६.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    भर्खरै

    • १.
      सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

    • २.
      अमेरिकाले मिसाइल रोकेको जेलेन्स्कीको आरोप

    • ३.
      मङ्गलको चन्द्रमाबाट नमुना ल्याउन जापानको अभियान

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा हुने

    • ५.
      जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो

    • ६.
      चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते

    • ७.
      जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश

    • ८.
      मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.