• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

इयु–क्यानाडा सहकार्य विस्तारको तयारी


  •   बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
  • स्ट्रासबर्ग (फ्रान्स), ३१ भदौ । बदलिँदो विश्व परिस्थितिमा आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासबीच युरोपेली सङ्घ (इयु) र क्यानाडाले कृत्रिम बौद्धिकता, ऊर्जा, महत्त्वपूर्ण खनिज, रक्षा तथा व्यापारमा सहकार्य विस्तार गर्ने तयारी गरेका छन् ।

    Advertisement

    युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले बुधबार युरोपेली संसद्मा वार्षिक सम्बोधन गर्दै क्यानाडासँगको सम्बन्ध थप सुदृढ गर्ने विषयलाई प्राथमिकतामा राख्नुहुने भएको छ । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी विशेष अतिथिका रूपमा सहभागी हुनुहुने र बिहीबार संसद्लाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । इयुको यस्तो वार्षिक सम्बोधनमा सहभागी हुने उहाँ पहिलो विदेशी सरकार प्रमुख हुनुहुन्छ ।

    उहाँको भ्रमण आगामी महिना मोन्ट्रियलमा हुने इयु–क्यानाडा शिखर सम्मेलनअघि दुई पक्षबीचको सहकार्यलाई गति दिने उद्देश्यले भएको हो । इयुका लागि क्यानाडाका राजदूत जोनाथन विल्किन्सनले ऊर्जा, कृत्रिम बौद्धिकता र महत्त्वपूर्ण खनिजजस्ता रणनीतिक क्षेत्रमा सहकार्य बढाउनुपर्ने बताउनुभयो ।

    सन् २०१६ देखि लागू स्वतन्त्र व्यापार सम्झौता ‘सिइटिए’ ले सामान तथा सेवाको व्यापार ८० प्रतिशतभन्दा बढी बढाउन योगदान गरेको बताइएको छ । यसै वर्ष क्यानाडा इयुको रक्षा खरिद कार्यक्रममा सहभागी हुने पहिलो गैर–इयु देश बनेको छ ।

    क्यानाडाले महत्त्वपूर्ण खनिज परियोजनामा युरोपेली लगानी बैंकको लगानी भित्र्याउन चाहेको छ । यसले विद्युतीय ब्याट्रीलगायत सामग्रीका लागि आवश्यक कच्चा पदार्थमा चीनमाथिको निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । जर्मनीमा क्यानाडाली एलएनजी आपूर्ति र कृत्रिम बौद्धिकता कम्पनी कोहरको लगानीलाई पनि सहकार्यका उदाहरणका रूपमा लिइएको छ ।

    यद्यपि, सिइटिए कार्यान्वयनमा चुनौती कायमै छन् । फ्रान्स, इटाली र पोल्यान्डसहित १० इयु सदस्य राष्ट्रले सम्झौतालाई पूर्ण रूपमा अनुमोदन गरेका छैनन् । इयुको रिन्यु समूहले पूर्ण अनुमोदनका लागि पहल गर्न आग्रह गरेको छ ।

    इयु र क्यानाडाबीच विद्यार्थी आदानप्रदान, श्रम गतिशीलता तथा युक्रेनका लागि इयुको ९० अर्ब युरो ऋण योजनामा क्यानाडाको योगदानलगायत विषयमा पनि छलफल भइरहेको छ । राजदूत विल्किन्सनले सम्बन्धलाई स्वतन्त्र व्यापारभन्दा पर विस्तार गरी अझ गहिरो साझेदारीमा लैजाने प्रयास भइरहेको बताउनुभयो ।

    बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.