काठमाडौँ । सउदी नेपाली एकता समाजले रसुवाबाढी प्रभावितलाई सहयोग गरेको छ ।
Advertisement
समाजका नेता हरिप्रसाद शर्माले २०८३ भदौ २९ गते सोमबार सो जानकारी दिनुभएको हो ।
उहाँका अनुसार सउदी एकता समाजले १९ हजार एक सय रुपियाँ सङ्कलन गरेको छ ।
‘हामीले रसुवाबाढी पीडितका लागि १९ हजार एक सय रुपियाँ सङ्कलन गरेका छौँ’ उहाँले भन्नुभयो– ‘सो रकम वास्तविक प्रभावितसमक्ष पुर्याउने हाम्रो प्रतिबद्धता छ ।
विदेशस्थित नेपालीहरू स्वदेशमा रहनुभएका जनताको दु:ख, पिरमर्कामा सधैँ सँगै रहेको उहाँको भनाइ थियो ।
उहाँले नेपाली जनतालाई अप्ठ्यारोमा पर्दा आफूहरूले गास कटाएर भए पनि सहयोग गर्ने गरेको स्पष्ट पार्नुभयो ।

