• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

तरकारीको विषादी परीक्षण बढाइँदा विक्री घट्यो


  •   बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
  • भरतपुर । किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि परीक्षण बढाइएको छ । यससँगै किसानले विषादी प्रयोग गरेलगत्तै बजारमा बिक्री गर्ने क्रम घटाएको पाइएको हो ।

    Advertisement

    यहाँ रहेको विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा वार्षिक रूपमा तरकारी परीक्षण दर बढ्दै गएको छ । तरकारीमा विषादीको प्रयोग बढ्न थालेसँगै परीक्षणलाई तीव्र पारिएको हो ।

    भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको महानगर तरकारी तथा फलफूल थोकबजार परिसरमा रहेको सो प्रयोगशालामा गत आर्थिक वर्षमा मात्र एक हजार एक सय ७२ ओटा नमुनाको परीक्षण गरिएको थियो ।

    सो परिसरमा आएका चितवनसहित जुनसुकै जिल्लाका तरकारीको नमुना लिई विषादी परीक्षण गर्ने गरिएको कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जानकारी दिए । उनका अनुसार गत आवमा गरिएको परीक्षणका क्रममा ३५ प्रतिशतभन्दा कम विषादी भएका (उपभोग्य) एक हजार एक सय ५८ नमुना छन् । त्यस्तै, १० ओटा नमुना ३५ देखि ४५ प्रतिशत विषादी प्रयोग भएको पाइएको छ ।

    यस्ता नमुनालाई उपभोग गर्न केही दिन पर्खनुपर्ने हुन्छ । चारोटा नमुना ४५ प्रतिशतभन्दा बढी विषादी देखिएपछि विर्सजन गरिएको उनले जानकारी दिए । ४५ प्रतिशतभन्दा बढी विषादी देखिएका तरकारी विक्रीवितरण गर्दा उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर पर्ने हुँदा ती नमुनासहित सो नमुना सङ्कलन गरिएका ठाउँको तरकारी विर्सजन गरिएको हो ।

    आव २०८१/८२ मा प्रयोगशालाले नौ सय सात तरकारीका नमुनाको परीक्षण गरिएको थियो । त्यसमा विर्सजन गर्नुपर्ने पाँचोटा, केही दिनपछि उपभोग गर्न सकिने आठोटा र उपभोग गर्न सकिने आठ सय ९४ ओटा नमुना रहेका थिए ।

    त्यस्तै आव २०८०/८१ मा पाँच सय ९० नमुनाको परीक्षण गरिएको थियो । चारोटा नमुना विर्सजन गर्नुपर्ने, नौओटा केही दिन राखेर मात्र प्रयोग गर्नुपर्ने र पाँच सय ७७ ओटा नमुना उपभोग्य भेटिएको थियो ।

    यस प्रयोगशालामा गोलभेडा, तनेबोडी, सिमी, भान्टा, भेडेखुर्सानी, काउली, बन्दा, करेला, काँक्रो, साग, घ्युसिमीलगायत तरकारीको तथा फलपूmलमा बढी मात्रामा विषादी परीक्षण गर्ने गरिन्छ ।

    कँडेलका अनुसार परीक्षण हुने भएपछि किसानले विषादी प्रयोग गरेलगत्तै बिक्री गर्न ल्याउने क्रम घटेको छ । किसानलाई विषादी प्रयोग गरेसँगै मानव स्वास्थ्यमा असर पर्ने गरी बजारमा नल्याउन सचेतना जगाइएको उनले जानकारी दिए ।

    बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.