• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

नटुवा जातिलाई अल्पसङ्ख्यकमा राख्न माग


  •   मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
  • तौलिहवा । नटुवा समुदायले नटुवा जातिलाई लोपोन्मुख जातिको सूचीमा समावेश गर्न माग गरेको छ । कपिलवस्तुमा करिब तीन सय घरधुरी नटुवा समुदायको बसोबास छ ।

    Advertisement

    कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज, शुद्धोधन गाउँपालिकाको प्रगतिनगर, मायादेवी गाउँपालिकाको अभिराव र यशोधरा गाउँपालिकाको बसन्तपुरलगायत क्षेत्रमा नटुवा समुदायको बसोबास छ । मायादेवी गाउँपालिका–२ अभिरावका नेतराम नटुवाले पटकपटक काठमाडौँ पुगेर सम्बन्धित निकायमा माग राखे पनि सुनुवाइ नभएको बताए ।

    ‘लोपोन्मुख जातिको सूचीमा राख्न माग गर्न थालेको तीन दशक बित्यो तर राज्यले अझै हाम्रो माग सुनेको छैन’ उनले भने । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ प्रगतिनगरमा करिब १४ घरमा दुई सयभन्दा बढी नटुवा बसोबास गर्दै आएका छन् ।

    सुकुमबासी बस्तीमा बस्दै आएका उनीहरूसँग नेपाली नागरिकताको प्रमाणपत्रबाहेक अन्य आधारभूत सुविधा तथा सम्पत्तिको अभाव रहेको बताइन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी र स्थायी बसोबासको समस्यासँगै दैनिक गुजारा चलाउनसमेत कठिनाइ भइरहेको उनीहरू बताउँछन् ।

    शुद्धोधन गाउँपालिका–१, प्रगतिनगरका महेन्द्र नेटुवाले आफूहरूभन्दा माथिल्लो जातिका रूपमा रहेको पत्थरकट्टा समुदायले राज्यबाट सुविधा पाए पनि नटुवा समुदाय बेवास्तामा परेको गुनासो गरे ।

    स्थानीय लक्ष्मी नटुवाका अनुसार पत्थरकट्टा समुदायलाई लोपोन्मुख जातिको सूचीमा समावेश गरी सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइए पनि नटुवा समुदाय त्यस्तो सुविधाबाट वञ्चित छ ।

    ‘हामीलाई दलितभन्दा तल्लो जातिका रूपमा विभेद गरिँदै आएको छ । हाम्रो जनसङ्ख्या पनि निकै कम छ । राज्यले हाम्रो समस्यालाई सम्बोधन गरेको छैन’ उहाँले गुनासो गरे ।

    उनीहरू सरकारी सुविधा माग गर्दै विभिन्न निकायमा पुगे पनि माग सम्बोधन नभएको बताउँछन् । वर्षौंदेखि राजनीतिक दलका उम्मेदवारलाई मतदान गर्दै आए पनि निर्वाचित भएपछि आफूहरूको समस्या बुझ्न कोही नआएको उनले बताए ।

    स्थानीय पण्डित नटुवाले प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित मन्त्रालयमा पटकपटक ज्ञापनपत्र बुझाए पनि हालसम्म कुनै उपलब्धि नभएको बताए ।

    ‘हामी पनि यही देशका नागरिक हौँ, नागरिकताबाहेक हामीसँग केही छैन’ उनले भने ।

    नेपाली नागरिक भए पनि आफूहरूलाई भारतीय नागरिक भनेर विभेद गर्ने गरेको गुनासो गरे । समुदायका अनुसार हाल अल्पसङ्ख्यक तथा लोपोन्मुख जातिका रूपमा सूचीकृत पत्थरकट्टा समुदायका व्यक्तिले मासिक रु चार हजार सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् तर नटुवा समुदाय त्यस्तो सुविधाबाट वञ्चित रहेको उनीहरूको भनाइ छ ।

    परम्परागत रूपमा सर्प समात्ने तथा उद्धार गर्ने काममा संलग्न नटुवा समुदाय पछिल्लो समय जीविकोपार्जनका लागि भिक्षा मागेर खान थालेका छन् । शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित हुँदा समुदायको दैनिकी कष्टकर बन्दै गएको स्थानीयको भनाइ छ ।

    नटुवा समुदायको परम्परागत सीपलाई व्यवसायीकरण गर्न कपिलवस्तुमा सर्प उद्धारसम्बन्धी सीप विकास तथा स्थानीय ब्यान्डबाजा बजाउने तालिमसमेत सञ्चालन गरिएको छ । (रासस)

    मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.