काठमाडौँ । सरकारले आगामी भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
Advertisement
२०८३ भदौ १८ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
गत वर्ष २०८२ भदौ २३ गते जेनजी आन्दोलनमा १९ जनाको निधन भएको थियो भने भदौ २४ गते विध्वंस मच्चिएको थियो । त्यसले गर्दा देशका ऐतिहासिक भौतिक संरचना ध्वस्त हुनुका छ दर्जनभन्दा बढीमो मृत्यु भएको थियो ।

