काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्यद्वय लक्ष्मी चौधरी र विद्यानाथ अधिकारी शोकमा पर्नुभएको छ ।
लक्ष्मीकी बुबा तथा विद्यानाथका ससुरा बा बिपतराम चौधरीको निधन भएसँगै उहाँहरू दुवै जना शोकमा पर्नुभएको हो ।
६० वर्षीय बिपतराम बेलौरी नगरपालिका वडा नं. २ कञ्चनपुरमा बस्दै आउनुभएको थियो । पछिल्लो समयमा कलेजो रोगका पीडित भएपछि उहाँको अस्पतालमा उपचार भइरहेको थियो ।
प्रगतिशीलद्वारा शोक व्यक्त
यसैबिच प्रगतिशीलका अध्यक्ष श्यामलाल पोखरेलले शोकवक्तव्य सार्वजनिक गर्दै स्मृतिशेष बिपतरामप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
शोकवक्तव्यमा भनिएको छ– “हाम्रो सङ्गठनका केन्द्रीय सदस्यद्वय लक्ष्मी चौधरीका पिता तथा विद्यानाथ अधिकारीका ससुरा बा बिपतराम चौधरीको ६० वर्षको उमेरमा असामयिक निधन भएकोमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ, साथै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति समवेदना व्यक्त गर्दछौँ । जन्मसँगै मृत्यु शाश्वत सत्य भएकाले शोकको यस घडीमा धैर्यधारण गर्न आग्रह गर्दछौँ ।”

