• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

‘आमा, बाँचेर आएँ’


  •   बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । ‘आमा, म बाँचेर आएँ । तपाईं किन रुनुभएको रु यता हेर्नुस् त आमा, म त फर्केर आएको छु ।’ घर फर्किएपछि निरज भण्डारीले भावुक आमालाई यसरी सम्झाउनुभयो । छोरा आँखै अगाडि छोरालाई देख्दा पनि आमा प्रेमकुमारी ढकालका आँसु थामिएनन् । उहाँ केहीबेर घुक्कघुक्क गर्दै रोइरहनुभयो । घरमा सन्नाटा छाएको थियो । छोरा फर्किएको खुसीभन्दा मनमा त्रास बढेको थियो ।

    Advertisement

    “आमा, म त फर्केर आएँ, खरानीबाट उठेर आएँ….”
    प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भदौ २३ र २४ गतेको ‘जेन्जी’ आन्दोलनको घटना क्रमलाई समेटेर लेख्नुभएको यो गीतको भावसँग गोरखा सिरानचोक गाउँपालिकाका निरजको कथा पनि मिल्छ । निरज बसका सहचालकका रूपमा काम गर्दै आउनुभएको थियो ।

    भदौ १० गते बिहान करिब ४ः३० बजे उहाँ पालुङटार नगरपालिका–५ बाट ३६ यात्रु बोकेको पृथ्वी यातायातको ग२ख ११५२ नम्बरको बसमा रसुवाको गोसाइँकुण्ड यात्राका लागि निस्कनुभयो ।

    कहिले लोकगीत, कहिले आधुनिक त कहिले तीज गीत घन्काउँदै गाडी अगाडि बढिरहेको थियो । के थाहा यात्रुहरूलाई गाडीले गोसाइँकुण्ड नपु¥याउँदै मृत्युको मुखमा पु¥याउँदैछ । यात्रासँगै यात्रुको जीवन र मृत्युबीचको दूरी नजिक धकेलिरहेको थियो । बिहान बाढीले छोराले चलाउने गाडी नै बगायो रे भन्ने खबर आयो । त्यसपछि घरमा रुवाबासी नै चल्यो, परिवारले निरजको खबर पाउन सकेन ।

    दिन बितिसक्न लाग्यो । छोराले फोन गर्छ कि भन्दै पटकपटक फोन हेर्दै बस्नुभएकी आमा प्रेमकुमारीको मुटुमा चिसो पस्न थाल्यो । छोरालाई पनि त्यही भेलले बगायो झैँ लाग्न थाल्यो । छोरा आउने आशा र डर मिश्रित आमाको मन छट्पटाउन थाल्यो । निरजको मोबाइल पनि गाडीसँगै भेलले बगाएको रहेछ ।

    एकाएक समाचार आउन थाल्योः पालुङटारबाट आज बिहान गोसाइँकुण्डका लागि छुटेको गाडीमा सवार सहचालकसहित छ जनाले हामफालेर ज्यान जोगाए । खबर सुनेपछि पनि प्रेमकुमारीलाई छोराको आवाज नसुनेसम्म छोरा जिवित रहेको भन्ने निश्चित लागेन । साँझपख मात्रै निरजले कसैको फोन मागेर बुबालाई फोन गर्नुभएको थियो । “छोराले फोन गरेपछि बल्ल लामो स्वास फेरेँ । कहिले छोरो आउला र देखौँला रु जस्तो भयो । छोरा घर फर्केपछि खुसीले आँसु नै रोकिएन”, रुन्चे स्वरमा उहाँ भन्नुहुन्छ । भोटेकोशीको बाढीले धेरै परिवारका सपना बगायो । कसैलाई आफन्तविहीन बनायो, कसैको घरबार खोस्यो । तर निरजजस्ता केहीका लागि त्यो विनाशको बीचबाट घर फर्किनु पुनर्जन्म जस्तै बन्यो ।

    बाढीलाई समान्य ठानियो
    गल्छीमा नास्ता खाएर गाडी नुवाकोटतर्फ अघि बढ्यो । गल्छीमा नै हुँदा रसुवाबाट बाढी आएको छ रे भन्ने गाइँगुइँ कुरा सुनिएको थियो तर त्यस्तो महाविपत्ति होला भनेर कसैले पत्ताएनन् । यात्रुहरू आ–आफ्नै कुराकानीमा थिए । बाहिर घाम लागिरहेको थियो । त्रिशूली नदी पनि सधैँ झैँ आफ्नै गतिमा सुस्तरी बगिरहेको देखिन्थ्यो ।

    नुवाकोटको भैँसे भन्ने स्थानमा पुगेपछि कसैले अचानक भन्यो, “बाढी आइरहेको छ, भागौँभागौँ ।” तर त्यो आवाजलाई कसैले गम्भीरतापूर्वक लिएनन् । “यस्तो घाम लागिरहेको छ, कसरी बाढी आउँछ रु” गाडीभित्र यात्रुबीच कुरा चल्यो । केही क्षणअघिसम्म सामान्य देखिएको वातावरण एकाएक बदलियो । गड्याङगुडुङको आवाज सुनियो । त्यो आवाज सामान्य थिएन । मानौँ कुनै ठूलो प्रलय आउनुअघि प्रकृतिले दिएको अन्तिम सङ्केत थियो ।

    ‘गाडी रोक, गाडी रोक १’ अचानक चर्को आवाज आयो ।
    ढोका नजिकै बसेका सहचालक निरजले माथिबाट माटो, ढुङ्गा र लेदो मिसिएको ठूलो बाढीको छाल आउँदै गरेको देख्नुभयो । उहाँले चालक सागर देवकोटालाई गाडी रोक्न भन्नुभयो । तर गाडी पार गरिहालिन्छ भन्ने सोचेर चालकले रोक्न नमानेको बताउनुहुन्छ निरज ।

    त्यसपछि केही सेकेन्डमै सबैथोक बदलियो । “धुलोसहितको ठूलो बाढीको छाल देखेँ । दृश्य नै अर्कै थियो”, निरज सम्झिन्नु हुन्छ, “चालकलाई मैले ‘भागौँ, बाढी आइसक्यो दाइ’ भनेँ । कटिहालिन्छ भनेर होला, ड्राइभर दाइले गाडी रोक्नै मान्नुभएन । म त ढोकाबाट हामफालेर माथितिर दौडेँ ।”

    त्यहाँबाट तल फर्केर हेर्दा उहाँले देखेको दृश्य अहिले पनि आँखाबाट हटेको छैन । गाडी थिएन । गाडी सँगैसँगै भएका यात्रु बगाए ।

    दैनिकजसो गााडीमा सँगै हिँड्ने चालकलाई निरजले हेर्नुभयो । देख्नुभएन । केही क्षणअघि मानिसको चहलपहल रहेको सडक र वरपरको भूभाग हेर्दाहेर्दै बगरमा परिणत भइसकेको थियो । भेलसँगै बगिसकेको गाडीलाई निरज चाहेर पनि केही गर्नसक्ने अवस्थामा थिएन, न त्यहाँ अरू कसैले सहयोग गर्नसक्ने अवस्था थियो । “आफू बाँचेको खुसीभन्दा पनि आफूलाई माया गर्ने सागर दाइलगायत आफूसँगै आएका ३० जनाभन्दा बढी यात्रुलाई बाढीले बगाएको सम्झँदा धेरै दुःख लाग्छ”, निरज भन्नुहुन्छ ।

    अझै बाँकी छ मानसिक सन्त्रास
    अहिले निरज घरमा आमा बासँग सुरक्षित हुनुहुन्छ । र पनि अहिलेसम्म उहाँलाई मानसिक रूपमा सन्त्रास बाँकी नै छ । “त्यो घटनापछि बाबु राम्रोसँग बोलेको पनि छैन । हाँसेको पनि छैन । निरास देखिन्छ । खाना पनि रुचेन भन्छ”, सानिमा गङ्गा ढकाल भन्नुहुन्छ, “सबैभन्दा बाबुलाई चालकले माया गर्थे । उनलाई गुमाउनुपर्दा धेरै चिन्तित बनेको हुनसक्छ । अहिले पनि एकान्तमा बसेर टोलाइरहन्छन् ।” त्यो दृश्यले अझै झस्काइरहेको छ । निरजलाई सबै कुरा सपना जस्तै बनाएको छ ।

    बाढीले निरजको स्मृतिमा एउटा यस्तो दिन छाडेर गयो, जसलाई सम्झना साथ अहिले पनि उहाँको मन काँप्छ । यात्रुहरूसँगै बिताएका केही क्षण, बाटोमा भएका कुराकानी र बाढी आउनुअघिको त्यो सामान्य वातावरण अहिले निरजको सम्झनामा बारम्बार दोहोरिन्छ । अहिले पनि त्यो दिनसँगै यात्रा गरेका अरू कति त फर्किएलान् भन्ने आशा लाग्छ तर दिन बित्दै जाँदा आशाको दियो पनि मधुरो बन्दै गएको बताउनुहुन्छ उहाँ ।

    निराजलाई जस्तै अहिले आफन्त गुमाएका तथा हराइरहेका आफ्ना आफन्तका सम्झानाले सताइरहेको छ । उक्त गाडीमा सवार बद्री देवकोटा पनि हामफालेर बाँच्न सफल हुनुभयो । रविन्द्र देवकोटाले पनि बाढीको भयावह दृश्य देखेपछि गाडीबाट हामफालेर ज्यान जोगाउनुभयो । बचेर आउने अन्य रविन्द्र देवकोटा, तुलराम देवकोटा, बाबुराम देवकोटा, पार्वती न्यौपानेका लागि पनि उक्त घटना सम्झँदा अझै मन तर्सिरहेको छ । उहाँहरुले पनि बाहिरको दृश्य देखेपछि गाडीबाट हामफालेर ज्यान जोगाउनुभएको थियो ।

    पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले सम्पर्कविहीन तीर्थयात्रीको सकुशल उद्धारका लागि पालुङटार नगरपालिका निरन्तर रूपमा सम्बन्धित निकायसँग समन्वय र सहकार्यमा रहेको जानकारी दिनुभयो । “सबै तीर्थयात्रीको यथाशक्य सकुशल उद्धारका लागि पालुङटार नगरपालिका सम्पूर्ण प्रयासमा प्रतिबद्ध छ”, उहाँ भन्नुहुन्छ ।

    गाउँ नै शोकमा
    एउटै गाउँबाट यात्रा गरेका मानिस एकैपटक बेपत्ता भएपछि पालुङटार–५ नै शोकमा डुबेको छ । सबैका घरका आँगन सुनसान छन् । आफन्तको खोजीमा रहेका परिवारका आँखामा आशा र पीडा सँगसँगै देखिन्छ । कसैको घरमा प्रियजन फर्केर आउने प्रतीक्षा छ, कसैको घरमा सनाखतको खबरले सन्नाटा छाएको छ ।

    हिजोसम्म गाउँमा सुनिने हाँसो, कुराकानी र चहलपहलको ठाउँ अहिले फरक छ । बेपत्ता आफन्तको पर्खाइमा छन् कति । कति खोजमा व्यस्त छन् । अहिलेसम्म पनि सास पाइएको छैन । घाइते भएर कतै अड्किएको भए पनि कतिको त साता दिनसम्म उद्धार नहुँदा मृत्यु भइसक्यो कि भन्ने चिन्ता छ । सास नपाएपछि अव लास पाए पनि हुने भनेर कुर्दैछन् आफन्त ।

    भोटेकोशी बाढीका कारण आफ्नै ठाउँका तीर्थ यात्रु सवार बगाएदेखि नै गाउँ नै शोकमा रहेको बताउनुहन्छ, पालुङटार नगरपालिका–५ का वडाध्यक्ष दीपक पाण्डे । “उक्त गाडीमा ३६ जना यात्रु सवार थिए । तीमध्ये छ जना सकुशल सम्पर्कमा आएका छन् भने ३० जना अझै बेपत्ता छन्”, पाण्डे भन्नुहुन्छ, “तीमध्ये कमला देवकोटा, केदार पण्डित, सुजता कौडाल, तारा रानाभाट र सुमी कुमालको सनाखत भइसकेको छ ।” बाढीले नदी किनार मात्रै बगाएन, यस गाउँको खुसी पनि सँगै बगाएर लगेको छ ।
    प्रगति ढकाल/रासस

    बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.