काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार नाघेको छ ।
Advertisement
नेपाल प्रहरीले २०८३ भदौ १६ गते मङ्गलबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म एक हजार ५८ जनाको शव भेटिएको हो ।
भेटिएका शवमध्ये ३० जना बालक, ३५ बालिका, दुई सय ३२ महिला र तीन सय ७१ पुरुष छन् । त्यस्तै, तीन सय ९० जनाको आंशिक अङ्ग मात्रै फेला परेको छ ।
प्रहरीका अनुसार अहिलेसम्म ५८ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ भने नौ सय ७२ जनाको मुचुल्का गरी व्यवस्थापनको काम भइरहेको छ ।
हालसम्म छ सय ८४ जनाको शव जमिनमुनि गाडिएको छ । चार हजार छ सय तीन जना बेपत्ताको सूचीमा दर्ता भएका छन् ।
नेपाल प्रहरीले रसुवा बाढीसित सम्बन्धित बेपत्ता भएका वा शव पहिचान गर्नुपर्नेलगायतका तथ्याङ्क आफ्नो वेबसाइटमा राखेको छ ।

