• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

अखिल छैठौँले बाढी पीडितलाई मनोसामाजिक परामर्शदेखि पुनर्निर्माणसम्म सहयोग गर्ने


  •   मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
  • नुवाकोट, भदौ १६ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ) का केन्द्रीय अध्यक्ष सुवास जिसीले नुवाकोटमा बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि पीडितलाई राहतसँगै दीर्घकालीन सहयोग आवश्यक रहेको बताएका छन् ।

    Advertisement

    नुवाकोट पुगेर स्थानीय, शिक्षक तथा पीडितसँग छलफल गरेको जानकारी दिँदै अध्यक्ष जिसीले तत्काल चामल, दाल र लत्ताकपडाजस्ता राहत सामग्रीभन्दा पीडितको वास्तविक आवश्यकतामा केन्द्रित भएर सहयोग गर्नुपर्नेमा जोड दिए । उनका अनुसार कतिपय प्रभावित परिवारलाई तत्काल आयआर्जनको आवश्यकता रहेकाले सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउन सकिने विषयमा समेत छलफल भइरहेको छ ।

    विशेषगरी त्रिभुवन त्रिवेणीस्थित ठूलो विद्यालयमा बाढीबाट भएको क्षतिलाई गम्भीर रूपमा लिँदै विद्यालय सञ्चालन हुनुअघि नै विद्यार्थी र शिक्षकका लागि मनोसामाजिक परामर्श तथा आवश्यक शैक्षिक सामग्रीको व्यवस्थापन गर्ने योजना अखिल छैठौँले बनाएको जिसीले बताए ।

    त्यस्तै, प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गरी पुनर्निर्माण तथा श्रमदानमा सहभागी हुने योजना पनि संगठनले अघि सारेको छ । स्थानीय तह, विभिन्न संघ–संस्था तथा सहयोगी निकायसँग समन्वय गरेर प्रभावकारी रूपमा काम गर्ने उनले बताए ।

    अध्यक्ष जिसीले विपद्को समयमा राज्यका संयन्त्र अझ बढी सक्रिय, जिम्मेवार र संवेदनशील हुनुपर्नेमा जोड दिँदै सेना तथा सुरक्षा निकायसँगै स्वयंसेवी संगठन, राजनीतिक दल र आम नागरिकलाई समेत समन्वयात्मक रूपमा परिचालन गर्नुपर्ने धारणा राखे ।

    उनले विपद्मा बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारलाई तीव्र बनाउन, प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबासको व्यवस्था गर्न तथा दीर्घकालीन पुनर्निर्माणमा सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको बताए ।

    “राज्य एक्लैले मात्र ठूलो विपद्को सामना गर्न सक्दैन, जनताको स्वतःस्फूर्त पहल र विभिन्न संघ–संस्थाको सहयोगलाई राज्यले समन्वय गरी परिचालन गर्नुपर्छ,” अध्यक्ष जिसीको भनाइ छ ।

     

    मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.