पोखरा । जातीय समता समाज गण्डकीको दोस्रो भेला सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष राजेश विश्वकर्माको प्रमुख आतिथ्यमा २०८३ भदौ १४ गते आइतबार सो कार्यक्रम सम्पन्न भएको हो ।
भेलालाई समता समाजकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी विक, अखिल नेपाल जनजाति सम्मेलन गण्डकी प्रदेश समितिका संयोजक डम्बर थापा, नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी, राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकाल, अखिल नेपाल बुद्धिजीवी सङ्घ कास्कीका संयोजक प्रवीण पौडेल, अखिल नेपाल टे्रड युनियन महासङ्घ (अन्टुक) कास्कीका अध्यक्ष नामबहादुर बाठामगरलगायतले शुभकामना दिनुभएको थियो ।
छवि विकको अध्यक्षता तथा विष्णु विकको सञ्चालनमा अघि बढेको उक्त भेलामा उपस्थित सहभागीलाई नरबहादुर सुनारले स्वागत गर्नुभएको थियो ।

उद्घाटन कार्यको समापनसँगै मसालका महामन्त्री मोहनविक्रम सिंहले वर्तमान विश्व राजनीति र देशको वर्तमान राजनीतिक अवस्थाबारे प्रशिक्षण दिनुभएको थियो ।
बन्दसत्र
प्रशिक्षणलगत्तै बन्दसत्र सुरु भएको थियो ।
विष्णुबहादुर विकको अध्यक्षता तथा टिकासङ्गम विकको सञ्चालनमा अघि बढेको उक्त भेलामा प्रमुख अतिथि राजेशले प्रदेश समितिको प्यानल प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्षमा छवि
भेलाले छवि विक (म्याग्दी) अध्यक्ष रहनुभएको ११ सदस्यीय समता समाजको गण्डकी प्रदेश समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रकाश परियार (स्याङजा), सचिवमा टिकासङ्गम विक (बागलुङ), कोषाध्यक्षमा विष्णु विक (कास्की), सदस्यमा नरबहादुर सुनार (बागलुङ), प्रेमबहादुर विक (कास्की), गोविन्दलाल विक (नवलपुर), एकबहादुर परियार (गोरखा), भेषबहादुर विक (स्याङजा), टिकाराम विक (नवलपुर) रहनुभएको छ भने सदस्यको एक स्थान हाललाई रिक्त राखिएको छ ।
नवनिर्वाचित समितिलाई प्रमुख अतिथि राजेश र राजमो कास्कीका हरिबहादुर खत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

