• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

अखिल नेपाल युवक संघद्वारा दुःख व्यक्त


  •   बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
  • काठमाडौं, भदौ १० । रसुवा जिल्लामा आएको विनाशकारी बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति अखिल नेपाल युवक संघले गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको तत्काल उद्धार, राहत, उपचार तथा पुनःस्थापनाको प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

    Advertisement

    संघका अध्यक्ष गणेश अधिकारीद्वारा भदौ १० गते, बुधबार जारी प्रेस विज्ञप्तिमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमनदी तथा हिउँ पग्लने, हिमताल फुट्ने, अतिवृष्टि र आकस्मिक बाढीपहिरोको जोखिम बढ्दै गएको उल्लेख गरिएको छ । विज्ञप्तिमा नेपालमा विगतका विभिन्न हिमताल विस्फोट तथा बाढीका घटनाले हिमाली क्षेत्रको बढ्दो जोखिम र त्यसबाट हुने मानवीय तथा भौतिक क्षतिलाई स्पष्ट पारेको जनाइएको छ ।

    जलवायु संकटमा ऐतिहासिक रूपमा बढी जिम्मेवार विकसित राष्ट्रहरूले नेपालजस्ता जोखिममा रहेका मुलुकलाई जलवायु न्याय, क्षति तथा नोक्सानीको जिम्मेवारीसहित आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने संघको माग छ ।

    संघले हिमताल तथा हिमनदीको वैज्ञानिक अध्ययन, प्रभावकारी पूर्वसूचना प्रणालीको विकास, जोखिमयुक्त बस्तीको संरक्षण, वातावरणीय विनाश नियन्त्रण तथा विपद् पूर्वतयारीलाई तत्काल प्राथमिकता दिन सरकारसँग जोडदार माग गरेको छ ।

    प्रेस विज्ञप्ति पूणपाठ :

    “रसुवा जिल्लामा आएको विनाशकारी बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति अखिल नेपाल युवक संघ गहिरो दुःख व्यक्त गर्दछ। मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत, उपचार तथा पुनःस्थापनाको प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गर्दछौँ।

    विश्वका साम्राज्यवादी तथा औद्योगिक रूपमा विकसित देशहरूले अत्यधिक जीवाश्म इन्धनको प्रयोग, अनियन्त्रित औद्योगिकीकरण तथा प्राकृतिक स्रोतको दोहनबाट ठूलो मात्रामा हरितगृह ग्यास उत्सर्जन गर्दा विश्वको तापक्रम वृद्धि र जलवायु परिवर्तन तीव्र हुँदै गएको छ। यसको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको छ।

    तापक्रम वृद्धिका कारण हिमनदी तथा हिउँ पग्लने, हिमताल फुट्ने, अतिवृष्टि हुने तथा आकस्मिक बाढीपहिरोको जोखिम बढ्दै गएको छ। नेपालमा १९८५ को डिग त्सो हिमताल विस्फोट, २०१२ को पोखराको सेती नदीको विनाशकारी बाढी, २०२१ को मेलम्ची बाढी, २०२४ को थामे हिमताल विस्फोट तथा २०२५ को भोटेकोशी बाढीजस्ता घटनाले हिमाली क्षेत्रको बढ्दो जोखिम र त्यसबाट हुने मानवीय तथा भौतिक विनाशलाई स्पष्ट गरेका छन्।

    यी घटनामा बस्ती, सडक, पुल, विद्यालय, जलविद्युत् तथा अन्य महत्वपूर्ण संरचनामा ठूलो क्षति पुगेको थियो। जलवायु संकट सिर्जना गर्न ऐतिहासिक रूपमा बढी जिम्मेवार शक्तिशाली देशहरूले नेपालजस्ता जोखिममा रहेका मुलुकहरूप्रति जलवायु न्याय, क्षति तथा नोक्सानीको जिम्मेवारी र आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनुपर्दछ।

    अखिल नेपाल युवक संघ सरकारसँग हिमताल तथा हिमनदीहरूको वैज्ञानिक अध्ययन, प्रभावकारी पूर्वसूचना प्रणालीको विकास, जोखिमयुक्त बस्तीहरूको संरक्षण, वातावरणीय विनाशको नियन्त्रण तथा विपद् पूर्वतयारीलाई तत्काल प्राथमिकता दिन जोडदार माग गर्दछ।”

    बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.