काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद् बैठकमा कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य समस्या रहेको मेडिकल रिपोर्टसहितको पत्र संसद् सचिवालयमा बुझाएका छन्।
Advertisement
संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले उक्त पत्र प्राप्त भएको पुष्टि गरेका छन्। यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख डीपी अर्यालले कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भए मेडिकल रिपोर्ट पेस गर्नुपर्ने बताएका थिए।
प्रधानमन्त्री बालेन बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदैछन्। सचिवालयले भने उनको स्वास्थ्य समस्या के हो भन्नेबारे खुलाएको छैन।

