• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अमेरिकी–भारतीय प्रभावविरुद्ध कार्यगत एकता आवश्यक छ : चित्रबहादुर केसी


  •   आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित
  • काठमाडौँ, भदौ ७ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल अहिले गम्भीर राजनीतिक तथा राष्ट्रिय संकटको अवस्थामा रहेको बताउनु भएको छ ।

    Advertisement

    ‘बाह्य शक्तिको हस्तक्षेप र नेपालको प्राकृतिक स्रोतसाधनमाथिको विदेशी प्रभाव बढ्दै गएको छ ।’ केसीले भदौ ६ गते कम्युनिस्ट संग्राहलयको चौथो भेलालाई सम्बोधनका क्रममा अगाडि भन्नुभयो– ‘साम्राज्यवादका विरुद्ध राजनीतिक दलहरूबीच कार्यगत एकता आवश्यक छ ।’

    केसीले नेपाललाई विदेशी शक्तिले आफ्‌नो रणनीतिक स्वार्थअनुकूल प्रयोग गर्न सक्ने खतरा रहेको उल्लेख गर्दै त्यसतर्फ राजनीतिक दल र नेपाली जनता सचेत हुनुपर्ने बताउनु भयो । उहाँले नेपाललाई अर्को सिक्किम बन्न नदिन राष्ट्रिय स्वाधीनताको पक्षमा संघर्षलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

    अध्यक्ष केसीले अमेरिकी साम्राज्यवादले विश्वका विभिन्न मुलुकका प्राकृतिक स्रोतसाधनमाथि आफ्‌नो प्रभाव विस्तार गरिरहेको दाबी गर्दै नेपालका जलस्रोतलगायत प्राकृतिक सम्पदामाथि पनि विदेशी शक्तिको चासो बढेको बताउनु भयो । उहाँका अनुसार नेपालको स्रोतसाधनलाई बाह्य शक्तिले आफ्‌नो भू–राजनीतिक स्वार्थमा प्रयोग गर्ने अवस्था सिर्जना भए त्यसले मुलुकको राष्ट्रिय हितमा गम्भीर असर पार्न सक्छ ।

    केसीले नेपालको आन्तरिक राजनीतिक कमजोरीले पनि बाह्य हस्तक्षेपका लागि अनुकूल वातावरण बन्न सक्ने चेतावनी दिनु भयो । राजनीतिक दलहरूबीचको विवाद, कमजोरी र विभाजनले साम्राज्यवादी शक्तिलाई नेपालमा खेल्ने अवसर प्रदान गर्ने उहाँको भनाइ थियो।

    उनले लोकतन्त्र र गणतन्त्रका लागि संघर्ष गरेका राजनीतिक दलहरूबीच पुनः कार्यगत एकता आवश्यक रहेको बताउनु भयो । अमेरिकी तथा भारतीय प्रभावविरुद्ध राष्ट्रिय हित र स्वाधीनताको पक्षमा सहकार्य गर्दै अघि बढ्नुको विकल्प नरहेको केसीको निष्कर्ष छ ।

    “दलहरूबीचको कमजोरी र विवादले बाह्य शक्तिलाई खेल्ने अवसर दिन्छ,” केसीले अगाडि भन्नुभयो –“राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षाका लागि राजनीतिक शक्तिहरूबीच कार्यगत एकता अपरिहार्य छ।”

    केसीले नेपाली जनतालाई राष्ट्रिय स्वाधीनता, प्राकृतिक स्रोतसाधनको संरक्षण र विदेशी हस्तक्षेपविरुद्ध सचेत तथा संगठित हुनसमेत आह्वान गर्नुभएको छ ।

    आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन
    कांग्रेस विभाजनपछि एमालेसहितका दलमा पनि विभाजनको खतरा : पूर्णबहादुर खड्का
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.