• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • १०. सर्वदलीय बैठक जारी

कांग्रेस विभाजनपछि एमालेसहितका दलमा पनि विभाजनको खतरा : पूर्णबहादुर खड्का


  •   आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसमा देखिएको विभाजनको अवस्थापछि संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका अन्य राजनीतिक दलहरूमा समेत विभाजनको जोखिम बढ्न सक्ने बताएका छन्।

    Advertisement

    कांग्रेस सभापति गगनकुमार थापालाई सम्बोधन गर्दै खड्काले आफ्नो ‘अन्तरमन’ले कांग्रेसको विभाजन भएको केही महिनाभित्रै नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका दलहरूमा समेत विभाजन हुने वा गराइने संकेत गरिरहेको बताएका हुन्।

    खड्काले पछिल्ला घटनाक्रम, विभिन्न गतिविधि र ‘चलखेल’ले मुलुकको राजनीतिक अवस्था थप जटिल बन्न सक्ने संकेत गरेको दाबी गरेका छन्। यद्यपि, उनले त्यस्तो विभाजन गराउने भनिएको शक्ति वा त्यसको ठोस आधार भने सार्वजनिक रूपमा स्पष्ट गरेका छैनन्।

    उनले दलहरूमा विभाजनको क्रम बढ्दै गए त्यसको असर राजनीतिक अस्थिरतामा मात्र सीमित नरही सामाजिक तनावतर्फ समेत जान सक्ने चेतावनी दिएका छन्। विशेषगरी जातीय, क्षेत्रीय र धार्मिक द्वन्द्व उत्पन्न हुन सक्ने उनको आशंका छ।

    खड्काले यस्तो अवस्था आएमा गत भदौ २४ गतेको घटनाक्रमलाई समेत बिर्साउने गरी मुलुकमा गम्भीर द्वन्द्वको अवस्था सिर्जना हुन सक्ने दाबी गरेका छन्। त्यसपछि नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानमा समेत गम्भीर असर पर्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।

    कांग्रेसभित्रको विभाजन रोक्न सभापति थापाले तत्काल संवाद र पहल अघि बढाउनुपर्ने खड्काको सुझाव छ। उनले पूर्वसभापति शेरबहादुर देउवासहित पार्टीका अग्रज नेताहरूसँग वार्ता–संवाद सुरु गर्न तथा आवश्यक परे महाधिवेशनको कार्यतालिकासमेत केही समय सारेर पार्टी एकताका लागि पहल गर्नुपर्ने विकल्प अघि सारेका छन्।

    खड्काका अनुसार यसअघि वैशाख २१ गते आफूहरूबीच भएको संवादपछि नै निर्णय लिइएको भए जेठको पहिलो साताभित्र कांग्रेसलाई एकताबद्ध गर्न सकिने अवस्था बन्न सक्थ्यो। ढिलो भए पनि पार्टी एकताका लागि पुनः पहल गर्न उनले सभापति थापालाई आग्रह गरेका छन्।

    कांग्रेसभित्र संस्थापन र विशेष महाधिवेशन पक्षबीच मतभेद बढिरहेका बेला खड्काको यस्तो धारणा सार्वजनिक भएको हो। विशेष महाधिवेशन पक्षले नेतृत्व र नीतिगत परिवर्तनको माग अघि बढाइरहेको छ भने संस्थापन पक्षले पार्टीभित्रको विवाद समाधानका लागि संवादको प्रयास गरिरहेको देखिन्छ।

    खड्काले कांग्रेसको आन्तरिक विवादलाई समयमै व्यवस्थापन गर्न नसकिए त्यसको प्रभाव सिंगो राष्ट्रिय राजनीतिमा पर्न सक्ने भन्दै पार्टी एकताका लागि तत्काल राजनीतिक पहल आवश्यक रहेको बताएका छन्।

    आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.