बागलुङबजार । बागलुङमा अखिल नेपाल महिला सङ्घकी महासचिव सकुन्तला रानाको स्मृतिमा शोकसभा सम्पन्न भएको छ । २०८३ भदौ ६ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले शोकमन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रारम्भमा महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटाले स्मृतिशेष सकुन्तलाको जीवन र योगदानबारे चर्चा गर्नुभएको थियो ।
शोकसभामा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय तुलवीर श्रीस, राजमो बागलुङका सल्लाहकार टेकबहादुर आरसी, राजमो जिल्ला सदस्य थानेश्वर सुवेदी, अखिल नेपाल टे्रड युनियन महासङ्घ (अन्टुक) बागलुङका कोषाध्यक्ष आशा रोकासँगै विभिन्न कार्यपालिका सदस्य र वडासदस्यको उपस्थिति रहेको थियो ।
महिला नेतृ रानाको क्यान्सर उपचारको क्रममा गत साउन २९ गते नयाँदिल्लीमा निधन भएको थियो ।
