• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गरिमाको चीत्कार सिङ्गो समाजअगाडिको प्रश्न : महिला सङ्घ

रामपुर बुशहरबाट नेपाली महिला र दुई वर्षीय बालक बेपत्ता, खोजीका लागि मूल प्रवाहसँग अपिल

चार महिनामा बिपदका पाँच हजार बढी घटना, ढाइ सयको मृत्यु

जघन्य अपराध रोक्न बलियो कानुनी व्यवस्था आवश्यक : गृहमन्त्री

विद्यालय कर्मचारीको आन्दोलन किन रोकियो ?

गुल्मीमा धुर्कोटको ग्रेटवाल नयाँ पर्यटकीय गन्तव्य

मसालका सदस्य तेजपाल केसीको दाहसंस्कार

रिस

गरिमाका अपराधीलाई हदैसम्मको कानुनी कारबाही गर्न राजमोको माग

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ३. स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

  • ४. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ५. मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

  • ६. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ७. कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

  • ८. जापानमा मौलिक तिजगीत प्रतियोगिता हुँदै

  • ९. मसालका शिक्षकले सरल भाषामा प्रशिक्षण दिनुहुन्छ : बराल (भिडियोसहित)

  • १०. नेकपाले छान्यो ४ मन्त्री

गुल्मीमा धुर्कोटको ग्रेटवाल नयाँ पर्यटकीय गन्तव्य


  •   शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
  • तमघासबजार । गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी ढुङ्गाबाट निर्माण गरेको एक किलोमिटर लामो धुर्कोट ग्रेटवाल पछिल्लो समय जिल्लाको नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ ।

    Advertisement

    टाढाबाट हेर्दा विश्वप्रसिद्ध ग्रेटवालको झल्को दिने उक्त संरचना हेर्न तथा हिमशृङ्खलाको दृश्यावलोकन गर्न आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्दै गएको हो ।

    धुर्कोट गाउँपालिका–६ स्थित ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी ढुङ्गाको पर्खाल चिरेर निर्माण गरिएको पैदलमार्गलाई गाउँपालिकाले धुर्कोट ग्रेटवाल नामकरण गरेको छ । उक्त संरचनाबाट चारैतिरका रमणीय दृश्यसँगै माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

    विशेषगरी सार्वजनिक बिदाका दिन घुम्न, श्रव्यदृश्य सामग्री बनाउन, तस्बिर लिन, सामाजिक सञ्जालका लागि सामग्री बनाउन र प्राकृतिक दृश्यको आनन्द लिन जिल्लाभित्र तथा बाहिरबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले बताए । उनका अनुसार ग्रेटवाल निर्माण भएपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ ।

    अध्यक्ष पोखरेलले पर्यटकलाई कम्तीमा दुई दिनसम्म धुर्कोटमा बस्ने वातावरण बनाउने उद्देश्यले विभिन्न पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए । पैदलमार्ग निर्माण गर्दै जाने क्रममा संरचना ग्रेटवालजस्तो देखिएपछि यसको नाम धुर्कोट ग्रेटवाल राखिएको उनको भनाइ छ ।

    ‘धुर्कोटको पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक धुर्कोटकोट तथा सङ्ग्रहालय, विचित्र गुफा, बुढीकोट ग्रेटवाल, सहिद पार्क निर्माण गरी पर्यटकीय क्षेत्रलाई एकीकृत रूपमा विकास गर्ने पालिकको योजना छ । यसले आर्थिक गतिविधि चलायमान बन्नुका साथै रोजगारीका अवसर सिर्जना भई स्थानीयको आयआर्जन बढ्ने अपेक्षा छ’ पोखरेलले भने ।

    पालिकाका अनुसार धुर्कोट ग्रेटवाल निर्माणमा गाउँपालिकाको ७० प्रतिशत र सङ्घीय सरकारको ३० प्रतिशत लगानी रहेको छ । कुल रु तीन करोड २३ लाखको लागतमा निर्माण गरिएको उक्त संरचनाबाट पर्यटन प्रवद्र्धनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार तथा व्यापार–व्यवसायमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    यस क्षेत्रमा ऐतिहासिक धुर्कोटमा विभिन्न पूर्वाधार निर्माण गरिएको छ भने बुढीकोट क्षेत्रमा आकर्षक ग्रेटवालसँगै विशाल शिवको मूर्ति, मन्दिर तथा अन्य मनोरञ्जनात्मक संरचनासमेत निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद पन्थीले बताए ।

    पर्यटकीय क्षेत्रलाई थप हराभरा र आकर्षक बनाउन गाउँपालिकाले ग्रेटवालको दायाँबायाँ तथा बुढीकोट क्षेत्रमा विभिन्न प्रजातिका दुई हजारभन्दा बढी बिरुवा रोपेको गाउँपालिका उपाध्यक्ष सीता गिरीले जानकारी दिइन् । पर्यटकीय पूर्वाधार र रोपिएका बिरुवाको संरक्षण तथा हेरचाहका लागि गाउँपालिकाले हेरालुको समेत व्यवस्था गरेको उनले बताइन् ।

    ग्रेटवाल हुँदै पैदलयात्रा गर्ने क्रममा नजिकै विशाल शिवको मूर्ति भएको स्थानमा पुग्न सकिन्छ । त्यहाँबाट गुल्मी जिल्लाको करिब ८० प्रतिशत भूभाग देख्न सकिने अध्यक्ष पोखरेलले बताए ।

    अग्लो डाँडाबाट देखिने प्राकृतिक दृश्य, हरियाली वनजङ्गल र टाढासम्म फैलिएका हिमशृङ्खलाले पर्यटकलाई थप आकर्षित गर्ने स्थानीय चुरा भण्डारीले बताए ।

    सामाजिक सञ्जालमा तस्बिर, भिडियो र टिकटक सार्वजनिक हुन थालेसँगै धुर्कोट ग्रेटवाल यति बेला नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको हो ।

    शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गरिमाको चीत्कार सिङ्गो समाजअगाडिको प्रश्न : महिला सङ्घ
    रामपुर बुशहरबाट नेपाली महिला र दुई वर्षीय बालक बेपत्ता, खोजीका लागि मूल प्रवाहसँग अपिल
    चार महिनामा बिपदका पाँच हजार बढी घटना, ढाइ सयको मृत्यु
    जघन्य अपराध रोक्न बलियो कानुनी व्यवस्था आवश्यक : गृहमन्त्री
    विद्यालय कर्मचारीको आन्दोलन किन रोकियो ?
    मसालका सदस्य तेजपाल केसीको दाहसंस्कार

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    • ३.
      स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    • ४.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ५.
      मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

    • ६.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    भर्खरै

    • १.
      गरिमाको चीत्कार सिङ्गो समाजअगाडिको प्रश्न : महिला सङ्घ

    • २.
      रामपुर बुशहरबाट नेपाली महिला र दुई वर्षीय बालक बेपत्ता, खोजीका लागि मूल प्रवाहसँग अपिल

    • ३.
      चार महिनामा बिपदका पाँच हजार बढी घटना, ढाइ सयको मृत्यु

    • ४.
      जघन्य अपराध रोक्न बलियो कानुनी व्यवस्था आवश्यक : गृहमन्त्री

    • ५.
      विद्यालय कर्मचारीको आन्दोलन किन रोकियो ?

    • ६.
      गुल्मीमा धुर्कोटको ग्रेटवाल नयाँ पर्यटकीय गन्तव्य

    • ७.
      मसालका सदस्य तेजपाल केसीको दाहसंस्कार

    • ८.
      रिस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.