विराटनगर, १ भदौ । नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेश सरकारमा सहभागी हुने चार मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो लगाएको छ।
Advertisement
प्रदेश इञ्चार्ज राजेन्द्र राईका अनुसार जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास, गीता तिम्सिनालाई सामाजिक विकास, गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन र खिनु लङ्वा लिम्बुलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइनेछ। सपना दर्जीलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाइने भएको छ।
नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार अपराह्न ४ बजे हुने तयारी छ।