काठमाडौं, १ भदौ । सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन्।
Advertisement
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली २०८३ का नियम ५६ देखि ६० बमोजिम सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम लामो समयदेखि कार्यान्वयन नभएको भन्दै विपक्षी सांसदहरूले विरोध गर्दै आएका थिए। सभामुखको रुलिङपछि विपक्षी सांसदहरू बैठकमा बसेका थिए।
नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि छुट्याउनुपर्ने व्यवस्था छ।

