काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गरेको छ।
Advertisement
तीन दिनसम्म चलेको समूहको सम्मेलनले धार्मिक स्वतन्त्रता, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्दै हिन्दू, बौद्ध, किरात तथा प्राकृत धर्म–संस्कृतिको संरक्षण गर्ने प्रतिबद्धता जनाएको हो। सम्मेलनमा देउवाले आफू हिन्दू भए पनि सबै धर्म मान्ने स्वतन्त्रताको सम्मान गर्ने बताएका छन्।

