• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

१२ मई नाटकमा के छ ?


  •   आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
  • १२ मईको आन्दोलन सन् १९८६ (तदनुसार वि.सं. २०४३ वैशाख २९ गते) मा नयाँ दिल्लीमा भएको थियो। त्यो नेपालको एउटा ऐतिहासिक आन्दोलन थियो। आन्दोलन भारतमा भएको भए पनि त्यसको सम्बन्ध नेपालको राजनीतिक व्यवस्थासँग थियो। त्यसैले त्यो नेपालको राजनीतिक इतिहाससँग सम्बन्धित एउटा महत्त्वपूर्ण ऐतिहासिक आन्दोलन थियो।

    Advertisement

    पञ्चायती तानाशाही व्यवस्था मुर्दावाद !

    निरंकुश राजतन्त्र चाहिँदैन !

    त्यतिबेला नेपालमा निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्था कायम थियो। त्यसअन्तर्गत पञ्चायती निर्वाचन हुन लागेको थियो। नेपालका वामपन्थी तथा प्रजातान्त्रिक पार्टीहरूले उक्त निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका थिए। नेकपा (मसाल) ले पनि पञ्चायती निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो।

    त्यही बहिष्कार आन्दोलनको समर्थनमा अखिल भारत नेपाली एकता समाजले नयाँ दिल्लीमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरेको थियो। भारत सरकारले उक्त प्रदर्शनका क्रममा १० जना महिलासहित ९५ जना प्रदर्शनकारीलाई गिरफ्तार गरेको थियो। उनीहरूमाथि शान्ति–सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा मुद्दा चलाइएको थियो र उनीहरूलाई दुईदेखि तीन महिनासम्म हिरासतमा राखिएको थियो।

    १२ मईको त्यही ऐतिहासिक आन्दोलनलाई आधार बनाएर नेपाली कम्युनिस्ट आन्दोलनका शिखर व्यक्तित्व मोहनविक्रम सिंहले ‘१२ मई’ शीर्षकको नाटक लेख्नुभएको थियो। उक्त नाटकको पहिलो प्रदर्शन सन् १९८९ नोभेम्बरमा (तदनुसार वि.सं. २०४६ कार्तिकको अन्तिम साता) अखिल भारत नेपाली एकता समाजको कानपुरमा सम्पन्न तेस्रो सम्मेलनका अवसरमा भएको थियो।

    कानपुरमा पहिलो प्रदर्शन भएको करिब ३७ वर्षपछि अहिले काठमाडौंको प्रज्ञा प्रतिष्ठानको हलमा आगामी २०८३ भाद्र २१ गते ‘१२ मई’ नाटक पुनः प्रदर्शन हुँदै छ। यसको आयोजना रक्तिम सांस्कृतिक अभियानले गरेको हो भने नाटकको रिहर्सल तथा मञ्चनको तयारी काठमाडौंको प्रसिद्ध नाट्य संस्था नेपाल नाट्यघर, सामाखुसीले गरिरहेको छ।

    नाटक प्रदर्शनको अवसरमा ‘१२ मई’ नाटकको पुनःप्रकाशन तथा १२ मई आन्दोलनमा गिरफ्तार भएकामध्ये जीवित र काठमाडौंमा उपस्थित हुन सक्ने आन्दोलनकारीहरूलाई अभिनन्दन गर्ने कार्यक्रम पनि रहेको छ।

    ‘१२ मई’ केवल एउटा नाटक मात्र होइन, नेपालको निरंकुश पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध विदेशमा रहेर पनि नेपाली जनताको लोकतान्त्रिक अधिकारका लागि संघर्ष गर्ने आन्दोलनकारीहरूको ऐतिहासिक संघर्षको कलात्मक अभिव्यक्ति हो। यसले त्यस समयको राजनीतिक परिस्थिति, आन्दोलनको उद्देश्य, सहभागीहरूको संघर्ष तथा उनीहरूले सामना गर्नुपरेका कठिनाइहरूलाई जीवन्त रूपमा प्रस्तुत गर्दछ।

    त्यसैले ‘१२ मई’ नाटकको प्रदर्शनका अवसरमा इतिहासको त्यो महत्त्वपूर्ण अध्यायलाई स्मरण गर्न, आन्दोलनमा सहभागी योद्धाहरूको सम्मान गर्न र नाटकमार्फत त्यस समयको संघर्षलाई बुझ्न तपाईंहरू सबैको गरिमामय उपस्थितिका लागि रक्तिम सांस्कृतिक अभियान हार्दिक सादर अनुरोध गर्दछ।

    आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.