धनुषा, साउन २७ । जनकपुरस्थित धनुषा जिल्ला अदालत अगाडि एक मिटरब्याजपीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन्।
Advertisement
प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। घटनाले मिटरब्याजका कारण पीडित नागरिकले भोग्दै आएको गम्भीर आर्थिक तथा सामाजिक पीडा र उनीहरूको समस्या समाधानप्रति राज्यको उदासीनतामाथि प्रश्न उठाएको छ।
पीडितहरूले न्याय र राहतका लागि लामो समयदेखि संघर्ष गर्दै आए पनि समस्या समाधान हुन नसकेको भन्दै तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन् ।

